Posted by: shirish October 15, 2007
गैरआवासीयलाई दोहोरो नागरिकता
Login in to Rate this Post:     0       ?        


+

कास

काठमाडौं, असोज २८ - प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विदेशमा बस्दै आएका नेपालीलाई दोहोरो नागरिकता दिन सरकारले कानुन बनाउने बताएका छन् ।

उनले विदेशमा लामो समयदेखि बसोबास गर्दै आएका र विदेशी नागरिकता लिइसकेका नेपालीले सिकेका सीप र पुँजी आकषिर्त गर्नका लागि सरकार दोहोरो नागरिकतालगायतका सुविधा दिन तयार रहेको जानकारी दिए ।

काठमाडौंमा सोमबारदेखि सुरु तेस्रो गैरआवासीय नेपाली सम्मेलनमा प्रधानमन्त्रीले नेपाली मूलका विदेशी नागरिकलाई दोहोरो नागरिकता दिन आवश्यक पर्ने कानुन र नियम निर्माण गर्न निर्देशन दिए । 'सरोकारवाला मन्त्रीहरू र कर्मचारीले कानुन निर्माणका लागि यो मेरो निर्देशन ठान्नु होला,' उनले भने । 'आत्मा नेपालप्रति भएका नेपालीलाई कानुन र नियमावली बनाएर दोहोरो नागरिकता दिन कोही पनि डराउन हुँदैन,' उनले निर्देशन दिँदै भने- 'मैले यसमा कुनै पनि समस्या देखेको छैन ।'

प्रधानमन्त्रीको यो प्रस्तावलाई माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता एवं परराष्ट्रमन्त्री साहना प्रधानले पनि स्वीकार गरेका थिए । प्रधानले सम्मेलन उद्घाटनको

सुरुमा नै यो धारणा व्यक्त गरेकी थिइन् भने प्रचण्डले सोमबार दिउँसो आयोजित छलफलमा यो धारणा व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीले स्वदेशी माटोको मायाले फर्केर आएका सबै नेपालीलाई आवश्यक सुविधा दिन सरकार तयार भएको पनि बताए । गैरआवासीय नेपाली सम्मेलनलाई माटोप्रतिको ममताको रूपमा आफूले लिएको उल्लेख गर्दै उनले स्वदेशी व्यवसायीसँग संयुक्त लगानीमा व्यवसाय गर्न आग्रह गरे ।

एमालेका महासचिव मावधकुमार नेपालले गैरआवासीय नेपालीको लगानी अभिवृद्धिका लागि

जस्तोसुकै मैत्री वातावरण तयार बनाउन पनि देश तयार रहेको

बताए । 'बेरोजगारी र पछौटेपन अन्त्यका लागि गैरआवासीय नेपालीको लगानीको महत्त्वपूर्ण भूमिका हुनेछ,' उनले भने ।

माओवादी अध्यक्ष प्रचण्डले गैरआवासीय नेपालीलाई दोहोरो नागरिकताका सम्बन्धमा माओवादी पार्टीको पूर्ण समर्थन भएको बताए । उनले अहिलेको अवस्थामा गैरआवासीय नेपालीको परिभाषा गर्ने क्रममा अन्तर्राष्ट्रिय प्रचलनविपरीत दुई वर्ष विदेशमा बसेका हुनुपर्ने नियम स्वीकार्य र अपरिहार्य भएको बताए । जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले गैरआवासीयले विदेशमा सिकेका सीप प्रयोग गरी प्राकृतिक स्रोतको दोहनमा जोड दिन आग्रह गरेका थिए ।

संघका अध्यक्ष डा. उपेन्द्र महतोले विकासका लागि लगभग सबै पूर्वाधार भएको नेपालको विकासका लागि धेरै समस्या नभएको बताए । महतोका अनुसार सम्मेलनमा ३८ देशका झन्डै ४ सय गैरआवासीय नेपालीको सहभागिता छ ।

Posted on: 2007-10-15 19:37:36

Read Full Discussion Thread for this article