Posted by: shirish October 10, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        

Birkhe le suru gareko jastai "quafia"

www.gorkhapatra.org.np

गजल

सीता शर्मा 'उपासना'


सबैको क्षणिक जिन्दगानी हुन्छ,
आफ्नै खालका कहानी हुन्छ !!

कागजको एउटा पानाजस्तो,
जलाई दिए खरानी हुन्छ !!

बग्छ जिन्दगी, बगाए नदीझैं,
खन्याए पानी पानी हुन्छ !!

नशा रहेछ जीउनु यहाँ,
जति दियो, बानी हुन्छ !!

बनाउन चाहेर बन्दैन जीवन,
नियतिकै मनोमानी हुन्छ !!

-चितवन, हालः रेडियो नेपाल

Read Full Discussion Thread for this article