Posted by: Rahuldai October 10, 2007
Mysansar column writer ZZ
Login in to Rate this Post:     0       ?        

त्यसो त माइसंसार मा ध्यान कम दिए पनि यो धागो पढे पछि ZZ को लेख पढ्न छिरें। त्यो लेखमा बिदेशमा बस्ने नेपालीलाई गाली वा घ्रिणा गरे जस्तो खासै भाव देखिन। हो, आफ्नो योग्यतार क्षमतामा  बिदेश जान नसकेका वा सफल न भएका कथित क्रान्तिकारीहरुको नाङ्गो रुप भने चित्रित भएको छ। यथार्थ पनि त्यही हो, कतिपय ब्यक्तिहरु भारतिय हस्तक्षेप होस् र यही निहुंमा बिदेश पलायन हुन् सक्छु भन्ने गद्दार मानसिकता बोकेर पर्खेका पनि हुन सक्छन्।


यो पनि सत्य हो कि देशमा रहुन्जेल सिन्को न भाच्ने, देशको बारेमा न सोच्ने, तर बिदेशको धरती टेक्ने बित्तिकै स्वदेशमा रुखोसुको खाने प्रति बिष बमन गर्न थाल्ने एक थरि बिद्वान समुदायको पनि कमि छैनन्।
आत्ममा नेपालीपन अलिकति पनि  छ भने जहाँ गए नि देश संगै दुख्ने मुटु हुन्छ। अझ परदेशमा त्यो मुटु बेस्सरी चहराउंछ।
तर भारतिय हस्तक्षेप इतिहासको यो कालखण्डमा होला भनेर सोच्ने मुर्खता म गर्न सक्दिन। साइबर युग र अन्तराष्ट्रिय छबि बनाउन उद्दत भारतले यस्तो मुर्ख्याइं गर्ने छैन।
भारतीय गिद्दे द्रिष्टी हामी मा छ त्यो सही हो। नेपालमा अस्थिरता छाउन्जेल कतिपय सामरिक महत्वमा भारतिय प्रभाव पार्न सकिन्छ भन्ने ठुलो माछो को दुर्नियत हुनु स्वाभाबिक मानेको छु।
भौगोलिक रुपमा नै अभिशाप परेको मुलुकको दुर्भाग्य यही हो। अर्को छिमेकीको मात्र पनि नेपाल माथी सहयोगी र सह्रिदयी नजर भएको भए पनि यस्तो बेहाल हुंदैनथ्यो।
माओबादी जंगलीहरुलाई यथेष्ट हतियार र नैतिक बल दिएर  कम्बोडिया बनाउने कुनियत तिनमा पनि छ। हो त्यो बोल्दैन, बोले पनि हामी बुझ्दैनौ।
 जे भए पनि, छिमेकी दुष्ट नै भए पनि रुष्ट  बनाउनु हुंदैन र तिनको मायाजाल लाई अर्को मोहजालमा फसाएर फाइदा लिन सके राम्रो हुन्छ। साढे २ अरब जनसंख्याको बजार यति नजिक छ, हामी अन्तै संसार खोजिरहेका छौं। अस्तु!

Read Full Discussion Thread for this article