Posted by: bikash kc October 9, 2007
IS IT TIME FOR PAHADES TO RISE?
Login in to Rate this Post:     0       ?        

गाविस सचिवको हत्या

कान्तिपुर समाचारदाता

बारा, असोज २२ - जनतान्त्रिक तराई मुक्तिमोर्चा गोइत समूहका कार्यकर्ताले सोमबार राति खुटवा पर्सोनी गाविस सचिवको गोली हानी हत्या गरेका छन् ।

बकुलीयास्थित घर र्फकंदै गरेेका सचिव रामबाबु शर्मा न्यौपानेलाई उनीहरूले राति ९ बजे सिर्सिया खोला किनारमा लगी गोली प्रहार गरेका थिए । आफ्नो पार्टीलाई ' कर' नतिरेकाले सचिव शर्माको हत्या गरेको मोर्चाले जनाएको छ । मोर्चाका जिल्ला संयोजक 'विराट' ले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी हत्याको जिम्मेवारी  लिएका हुन् । टाउको र छातीमा तीन गोली लागेका शर्मालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले बताएको छ । 

रौतहट समाचारदाताका अनुसार जनतान्त्रिक तराई मुक्ति मोर्चा -ज्वाला) कार्यकर्ताले सोमबार राति एक गाविस सचिवसहित चारजनालाई अपहरण गरेका छन् । तीमध्ये गाविस सचिव पन्ध्र घन्टापछि मुक्त गरिएका छन् । सखुअवा  गाविस सचिव रामचरित्र यादवलाई शिवनगर बजारबाट सामान किनमेल गरी प्रेमपुरस्थित घर जाँदै गर्दा बाटैबाट अपहरण गरेका थिए ।

मोर्चा कार्यकर्ताले धरमपुर-७ बाट चितवन भण्डाराका कुलप्रसाद गौतम, नीलकण्ठ गौतम र जयप्रकाश गौतमलाई राति अपहरण गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा  भण्डारीले जनाए । उनीहरूलाई धान काट्ने मजदुर खोज्ने क्रममा स्थानीय विजय चौधरीको घरमा बसिरहेका बेला १५/२० जनाको संख्यामा आएको समूहले अपहरण  गरेको थियो । प्रहरीले अपहरणका बेला उनीहरू बसिरहेको घरका मूली विजय चौधरीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । मोर्चाले तीनैजनासँग दुई लाख  रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ ।

तराईमा कर्मचारीको हत्या शृंखला

कर्मचारी                       हत्या गर्ने समूह     मिति

रामवृक्ष राय -गाविस सचिव) कोब्रा ०६३ फागुन १८

वासुदेव पौडेल -प्रशिक्षक) गोइत ०६४ वैशाख ३

नवराज बिष्ट -इन्जिनियर) गोइत वैशाख २८

राजकुमार जोशी -जेटीए) ज्वाला सिंह असार २

पूर्णसिंह प्रधान -सबइन्जिनियर) अज्ञात असार ५

अरुणप्रसाद जैसवाल-फायरम्यान) अज्ञात असार १०

रामहरि पोखरेल -गाविस सचिव) ज्वाला सिंह साउन २

रामबाबु शर्मा न्यौपाने -गाविस सचिव) गोइत असोज २१http://www.kantipuronline.com/kolnepalinews.php?&nid=125085

 

 

Read Full Discussion Thread for this article