Posted by: KaLaNkIsThAn October 9, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
Pretty,

तरुण र तरुणी नचिन्न मेरो आँखामा फुलो पर्याछ भन्ठान्या हो कि क्या हो?

तरुणी त १० माईल को रेडियस् मा बास्नाले नै चिनी दिन्छु रे क्या। ब्युल्ट ईन रेडार लिएर जन्म्या छु। के भन् ठानेको?
जत्ती तरुण ले भेष बद्लेर अाएर रावणले सिता मातालाई झुक्याउन खोज्या जस्तो मलाई तरुणी बनेर झुक्याउन खोजेपनि, मलाई झुक्याउन सक्तै-सक्दैन। टेबल ठोकेर भन्दिन्छु। :D तिमीले नै तरुणीको भेष बद्लेर मलाई झुक्याउन आए नि झुक्याउन सक्दैन रे क्या हरररर-हररररर-हिक्क-हा!!! :D:D

वो बाई-द-वे, अमेरिकामा तरुणीलाई हाई भने मुसुक्क हाँसेर हाई भन्छ भन्या। म त जानी जानी हाई भन्दिन्छु। काली, गोरी, चाईनाकि छोरी सप्पैलाई।अझ झन लस-भेगस मा त "हाई" भनेको, "यू वाना ह्याभ अ गुडट्याम?" रे तरुणीले। मैले "ह्वाई नाँट " भन्द्या त "यु ह्याभ टू स्पेन्ड ३०० डलर एण्ड उई क्यान गो टू योर रुम एण्ड ह्याभ फन् रे"। मैले हे श्रीमती भूपती उमा भारती, अई जस्ट ह्याभ २० भन्या त, "वोके क्यान यू बाई मि ड्रिंक गरी", भोड्का र रेड बुल झ्याप्प पारी, अनि "स्विटी (स्विटि रे) अाई ह्याभ टू गो नाउ, अाई विल सि यू टुमारो", भनेर गायब भई। त्यत्ती सम्मन गर्छन भन्या हाम्रो अमेरिकामा। नेपालमा गर्छ त्यस्तो? "तलाई मोरा कुलंगार, अगुल्टो ले बजाउन नपुग्या -- अर्काको छोरी बेटीलाई जे पायो त्यहि भन्छस्?" भनेर चिप्ले भिरमा पैरो गा जस्तो गर्जिन्छन्।

Read Full Discussion Thread for this article