Posted by: jhakaas October 9, 2007
डल्फिन गर्ल
Login in to Rate this Post:     0       ?        
..चीनमा हुआङ ली नाम भएकी १० वर्षीया बालिकाले आफ्नो हात खुट्टा बाधेर लगातार तीन घन्टा सम्म नदीमा पौडी खेलेकी छन्।

कक्षा ४ मा पढदै गरेकी लीले आफ्नो हात खुट्टा बाधेर, शाङझी नदीमा डल्फिन पौडिए जस्तो पौडी गरेर सबैलाई आश्चर्यमा पारेकी छिन्। उनले आफ्नो हात खुट्टा बाधेर ३.२५ कि.मी सम्म पौडिएकी छिन्।

१० वर्षीया बालिका लीलाई सो कार्य गरेर गिनिस बुक्स अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउने रहर छ र उसको त्यो सपना पुरा गराउन हुआङका आमा बुवा समेत त्यँहा उपस्थित भएर आफ्नो छोरीको हौसला बढाइएका थिए।

त्यसपछि हुआङकी आमाले उनी थाकिन होली भनेर केक खुवाउनको लागी ली लाई एक छिन रोक्न भनेकी थिइन्।

हुआङकी आमा भन्छिन: "मलाई डर लाग्यो। चिसो बढिरहेको थियो र हुआङले पौडिनु अगाडि थोरैनै खाजा मात्र खाएकी थिइन्।" त्यसैले उनले छोरीलाई रोक्न खोजेकी थिइन्। तर "छोरीको साहस देखेर म दंग छु" आमा साङ जीनफेंगले बताइन्।<br/>

<a href="http://www.jhakaas.com.np" target="_blank">Read More on jhakaas.com.np</a>
Read Full Discussion Thread for this article