Posted by: Amazing October 8, 2007
Good Luck Nep-- Nepal Vs Oman, its tough match
Login in to Rate this Post:     0       ?        

नेपाल ओमानसँग भिड्ने

हिमेशरत्न वज्राचार्य

काठमाडौं, असोज २० - ओमान जतिसुकै बलियो प्रतिद्वन्द्वी भए पनि नेपाल ऊविरुद्ध भिड्दा सधैं अप्रत्याशित नतिजाको आशा राख्छ । विश्वकप एसियाली छनोटमा सोमबार नेपाल ओमानविरुद्ध पहिलो लेगको खेल मस्कटमा खेल्दैछ । नेपालले यसपल्ट पनि आशालाग्दो नतिजाको सपना छाडेको छैन ।

यसका दुई स्पष्ट कारण छन्- नेपाल ओमानसँग खेल्दा भिडेर खेल्ने गर्छ । दोस्रो कारण स्ट्राइकर नीराजन रायमाझीको उपस्थिति हुनेछ । नेपाल र ओमानबीच अहिलेसम्म सात खेल भएका छन् । त्यसमध्ये सातैमा नेपाल पराजित भएको छ । तर प्रत्येक हारमा नेपालको प्रदर्शन दरिलो रह्यो ।

सन् १९९४ मा एसियाली खेलकुदमा नेपालले ओमानलाई १-० ले रोकेको थियो । यस्तै सन् १९९६ मा विश्वकप छनोटमा पनि नेपाल १-० ले पराजित भयो । त्यसै वर्ष एसियाली प'mुटबलको छनोटमा नेपालले १-२ को नतिजा निकाल्यो । हरि खडकाले त्यसमा गोल गरेका थिए ।

नीराजन चार वर्षको अन्तरालपछि अन्तर्राष्ट्रिय प'mुटबलमा ओर्लंदैछन् । उनी आफू सहभागी प्रत्येक प्रतियोगितामा गोल गर्ने नेपालका एक मात्र स्ट्राइकर हुन् । उनको यसपल्टको ओमान भ्रमण अपवाद नहुने हो भने त्यो सुखद हुनेछ । उनी अन्तर्राष्ट्रिय प'mुटबलमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुने संघारमा छन् ।

हरिले नेपालका लागि सर्वाधिक १३ गोल गरेका छन् । नीराजनको नाममा १२ गोल छ । नीराजनका लागि विश्वकप छनोटको सुखद अनुभव छ । उनले विश्वकप छनोटमा सात गोल गरेका छन् । त्यसमा मकाओविरुद्धको ऐतिहासिक ह्याटि्रक पनि समावेश छ ।

यस्तोमा ओमानविरुद्धको सातौं अन्तर्राष्ट्रिय खेलमा नेपाली प'mुटबलप्रेमी उत्साहित हुने कारण

छन् । नेपालले यसपल्ट ओमानविरुद्ध बहादुरीपूर्वक खेल्नेछ ? नीराजन फेरि एकपल्ट गोल हुन सफल हुनेछन् ? यसको सकारात्मक उत्तरले नेपाली प'mुटबललाई धेरै राहत दिनेछ ।

नेपाल अभ्यासमा व्यस्त

नेपाली राष्ट्रिय प'mुटबल टिमले आइतबार छनोट खेल हुने रंगशाला नजिकैको मैदानमा अभ्यास गर्‍यो । खेल नेपाली समयअनुसार राति ११.१५ बजे हुनेछ । मुख्य प्रशिक्षक श्याम थापा तथा उनका दुई सहायक बालगोपाल महर्जन र उपेन्द्रमान सिंहको नेतृत्वमा खेलाडीले उत्साहपूर्वक अभ्यासमा सहभागिता जनाए ।

टिमसँग सहभागी सकरएज नेपालका खेल पत्रकार उपेन्द्र श्रेष्ठले मस्कटबाट कान्तिपुरलाई दिएको जानकारीअनुसार नेपालले ४-५-१ का आधारमा खेल्नेछ । नेपालले बलियो प्रतिद्वन्द्वीविरुद्ध कमजोर टिमले अपनाउने नीति पछ्याएको छ । पारम्परिक रूपमा नेपाल ४-४-२ का आधारमा खेल्नेछ ।

Read Full Discussion Thread for this article