Posted by: world_map October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!!

यहाँ मलाइ सन्चै छ। हजूरहरूलाइ पनि सञ्चै होला भन्ने आशा गर्दछु। दशैं पनि नजिकिँदै छ। मासु, भात, जाँड, रौसी, तास, जूवा, चंगा आदीको सम्झनाले 'घर बिरामी' (home sick) होला जस्तो छ। हजूरहरू कसरी दशैं मनाउँदै हुनुहुन्छ, लेख्नुहोला।

दशैं

हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा
जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो
ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ
Last edited: 07-Oct-07 10:27 PM
Read Full Discussion Thread for this article