शुभ-चेली
गजब छ। यसको नि उही भाव हुने रे'छ। भाव चैँ मैले खोजेको जस्तै भो। म चैँ अझै मुटुमा चसक्क पर्ने (सुन्दा नै "वाह क्या बात" भन्ने खालको के)उपमा खोजेको। राहुलदा'को बन्जर र खन्जरमा लोभ लागिराख्याछ। यो गजलले नोवेल पुरस्कार हात पार्ने लक्ष राखेको नि त। यस्तो शेर चाहियो कि त्यसले वर्तमान सामाजिक सोँचाइको दिशानै परिवर्तन गरिदिएर तहल्का पिटोस्। समाजमा छाप नछोडि नोबेल पुरस्कार पाइँदैन के।
अँ साँच्ची खीरको लागि धन्यबाद। तर खीरले अमन भैराख्याबेला हजुरले नि खीर नै ल्याउनु भे'छ। यो बेला त भुटेको मकैको ठेट्ना चपाउन मीठो हुन्थ्यो कि। (असन्तोषी गुरु, क्यै दे' नि सुख छैन।)
राहुलदा' त्यो मैले लेखेको आफैलाई चित्त बुझिराख्याछैन। आफैलाई पढ्दा नै दिक्क लाग्यो। कागजमा लेखेको भा' ब्लेडले च्यार च्यार च्यार च्यार पारेर १०८ पल्ट चिरेर थु थु थु गर्दै तिनफेर नाघेर टोकरीमा मिल्काइसक्थेँ। अब सुतेर सोँच्छु केही हात पर्छ कि ! कुम्लेदा', सुभदी' राहुलदा' अनि नेवेल पुरस्कारमा हातेमालो गर्न इच्छुक सबै लागिराख्नुस है
शुभरात्रि,