Posted by: KaLaNkIsThAn October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
दीप ब्रो, अारामै?
दीप ब्रो ले शिव दाईको कुरा झिके। हाम्रो टोलाँ नि थे एउटा शिव दाई। हाईट ठ्याम्मै ५ फिट होला। शिवदाईलाई दिउँसो तिर खोज्नु पर्यो कि कुलेश्वर जाने स्यानो बाटो मा पुगे हुन्थ्यो। बुढालाई जहिले नि तीहार -- देब्रे हात ले पर्खालाँ अाडेस लाएर SLC को जाँच दिदाँ घोरिया पोजिसनाँ दाईने हातले ओख्खर हानि राँ हुन्थे। साँझ परेसि बुढा जहिले नि काँईलि दिदी को भट्टीमा। बुढाको बाँ डाईभरि गर्थे, जहिले नि काठमांडौ बाट बाहिर। एक दिन बुढा खै कता बाट ट्रक चलाएर अाईरहेका रहेछन्, बिचाँ बँदेललाई दनक दिएछन्। बँदेल ठहरै। झ्याप्प-झुप्प बँदेललाई ट्रकाँ हालेर बुढा अाईपुगे कलंकी, घराँ आएर बँदेल सफा गर्न छोरो खोज्दा छोरो गाएप। "काँ छ शिवे" भन्दा त एउटा ले प्वाक्क च्वाईहाल्यो "काईलि दिदीको भट्टीमा छ" भनेर। बुढा पुगे काईलिदिदीको भट्टीमा, भित्र हेर्छन् त शिवे दाई हाताँ जाँड लिएर, राजेश खन्ना को "ए लाल रंग कब मुझे छोडेगा" गीत अलापी रा। शिवे दाईको बौ ले शिवेदाईलाई पिट्या, शत्रुघन शिन्हा स्टाईलमा, अहिले सम्मन् झल-झल याद आउछ।
Read Full Discussion Thread for this article