Posted by: urfrenrites October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
बिर्खे "देवानन्द"को कुरो फेरि अर्कै नि।
भारतको देवानन्द हिड्दा त फुतु फुतु केटिहरु कौसिबाट हाम्फल्ने भनेको त सुन्या हुँ मैले पनि। तर हाम्रो बिर्खे जि हिड्दा चाहि त्यो भुइँचालोमा पनि कालो ढाडे बिरालोहरु फुतुफुतु झ्यालबाट हाम्फाल्थे र जिमाल बाको हनुमान कट्टुको ठुलो ठुलो खल्तिमा पुग्थे।
टोलभरिका बिरालाहरु येसरि पालै पालो डाइव दिएर हाम्फाल्दा लु के रैछ कारण भनेर एक दिन "देवानन्द" इस्टाइलका बिर्खे जि को खल्तिमा हेरेको त। ए आम्मै उनि त मुसाहरु बोकेर हिड्दा रैछन है तरुनिको अघि फाल्ने र केटिहरु आतिएर रुँदै भागेको हेरेर " कस्टो दर्याको?" भन्दै टाउको हल्लाउदै हास्ने।
Read Full Discussion Thread for this article