Posted by: Rahuldai October 4, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        
उमेश जी,
यता झुल्किनु भए छ, खुशी लाग्यो। धोति फुस्काई पनि म फटाहा होइन भन्ने स्पष्टीकरण दिइरहनु पर्दैन थ्यो।
अब मेरो मेल समेत स्पाममा हालिदिन्छु भने सि मेरो कुरा कहाँ राख्ने त? तपाइको ब्लगमा राख्नु हुन्न। मेल स्पाममा जान्छ। र मलाई राम्रो संग थाहा छ लुकी लुकी  साझा डट कम हेर्नु हुन्छ भनेर। अन्यथा तपाईको बारेमा कुरा काटेको कसरी थाहा पाउनु हुन्छ? फेरि अर्को कुरा मैले तपाईको बारेमा के त्यस्तो कुरा काटें कि तपाई मेरो चरित्र नै काटी हत्या गर्न उद्यत हुनु हुन्छ?
यो कुरा ध्रुब सत्य हो, माओबादीको समर्थन नगर्ने वा तपाईको आशय संग सहमत नहुने कुनै पनि टिप्पणी हरु तपाई राख्नु हुन्न।
यो सत्यलाई कुरा काटेको भन्नु हुन्छ भने, भन्दै गर्नुस्, सत्य बोल्न छोड्ने छैन।
हो तपाईको ब्लगले  जन आन्दोलन भाग २ मा ख्लेको भूमिका बारे मुकत कण्ठले प्रशंसा गरेको छु र गर्छु पनि। बल्ल नेपालियन जीको टिप्पणी पढे पछि थाहा भयो तपाइको संसारको कालो धन्दा र धब्बा के हो भन्ने ।
Read Full Discussion Thread for this article