Posted by: once in a while October 4, 2007
हिमानीको नाटक
Login in to Rate this Post:     0       ?        

उमेशजीको mysansar ब्लग त्यसबेलादेखी पढ्दैछु जतिबेला मुस्कीलले एक दुई  जना comment लेख्ने मानिस हुन्थे। अहिले उहाँको comment लेख्ने पाठक यति धेरै बढेकी उंहाले छानी छानी कसको कमेन्ट राख्ने, कस्को फ्याल्ने गर्न पाउनुभाछ। कमेन्ट फ्याँक्ने केही आधारहरु उहाँले भन्नु भाछ क्यारे। रोमनमा लेखेको हुन नहुने, नेपाली वा अन्य यस्तै छद्म नामबाट पठाएको नहुने, राजाबादीलाई पनि सायद बहिस्कार् हो क्यारे यस्तै यस्तै छन्। हाल्सालै मेरो एउटा कमेन्ट उहाँले हटाउनु भयो, हिमानीको सम्बन्धमा। हिमानी पनि मान्छेनै हुन्, अनावस्यक् खिसिट्यूरी नगरुं भन्दा सायद मलाई राजाबादी, वा मण्डले यस्तै केही लाग्यो कि? सोही ब्लगको एक् जना kripal भन्ने कमेन्टेटरले त उहांको ब्लग संग असहमत सबैलाई मन्डले भन्ने नाम दिनु भएको छ र राहुलभाई, जसको कमेन्ट सधैं तार्किक, बौद्धिक हुने गर्छ लाई फोहोरी शब्द प्रयोग गरी गाली गर्नु भएको छ। तर पनि उमेशजीको ब्लगमा क्रिपालको कमेन्टले स्थान पाएकोछ, यो अचम्म होइन त? तपाईको बिचारलाई समर्थन् गरेर जतिसुकै फोहोरी भाषा प्रयोग गरेर लेखे पनि हुने हो र तपाईले त्यसलाई स्थान दिने हो भने तपाई कस्तो ब्लगर हो?


तपाईको निजि ब्लग हो भने, आफै लेख्नुस, आफै पढनुस र नष्ट गर्नुस। जब तपाई पाठकहरुको लागि सार्बजनिक गर्नुहुन्छ, निस्चितरुपमा तपाईको केही कर्तब्य हुन्छ, जिम्मेवारी हुन्छ। सहमत् कमेन्ट आउंछन्, असहमत् कमेन्ट पनि आउंछन्, स्विकार गर्न सक्न पर्यो नि।

उमेशजी, तपाईको लोकप्रियताको जग पनि पाठकहरुनै हुन्। तपाईले यो ब्लग पढ्नु भयो भने बुझ्नु हुन्छ, तपाईको लोकप्रियता बिस्तारै ओरालो लाग्दैछ। नसोच्नुस्, तपाईसंग असहमत सबै राजाबादी, मण्डले मात्र हुन। आखिर पत्रकारीता, ब्लग्गिङ गर्ने हो, कमेन्टको अपेक्षा गर्ने हो भने, जस्तै असहमत बिचार पनि सुन्न  हिम्मत हुन पर्यो नि?

Read Full Discussion Thread for this article