Posted by: chanaa_tarkaari October 4, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        
कमेण्ट वा लेख लेखेकै आधारमा राहुलभाइ मात्र होइन कसैलाइ पनि तथानाम भन्ने छुट नहुनुपर्ने हो । जस्तो मैले उदाहरण नै दिएको छु, हिमानी सम्बन्धी थ्रेडमा दीपको कमेण्ट छ, Once in a while को कमेण्ट छ, ती कमेण्ट मेरोसंसारमा अटाएनन तर विनाप्रसंग राहुलभाइलाइ गाली गरेको कमेण्ट मजाले अटाएको छ । मेरोसंसारका मोडरेटरले गर्ने यस्तो अनैतिक कार्यका अझ धेरै उदाहरणहरु तपाइहरुसित होलान । "नीजि ब्लगमा जे सुकै गरोस तँलाइ किन टाउको दुख्नु पर्ने?" अथवा, "त्यो मुलाले जे सुकै गरोस मलाइ बाल मतलब छैन ।" धेरैले यसरी नै प्रतिक्रिया दिन्छन - मलाइ थाहा छ । तर हामीहरु सामान्यत: सहमत हुन नसक्ने बदमासिहरु पनि धेरै जसो नीजि स्तरमा नै हुन्छ, जसको बिरोध सार्वजनिक नै हुन्छ । जस्तो कसैले निजी कम्पनिमा भ्रष्टाचार गर्ला रे, उदाहरण - एनबि ग्रुपले आफ्नै स्वामित्वको बैकमा भ्रष्टाचार गरेको समाचार हामी पढ्छौ । हामीलाइ टाउको किन दुख्नु पर्ने ? नीजि रिस्कमा कसैले घुस खायो त खायो भन्न मिल्छ र ? जसरी एनवि ग्रुपको निजि बैकमा सर्वसाधारणको पुँजि जम्मा भएको छ, त्यसरी नै निजि ब्लगमा सर्वसाधारणको बिचार जम्मा भएको हुन्छ जसमाथि बदमासि गरियो वा बदनियत राखियो भने बिरोध गर्नै पर्छ । उदार मन हुने मित्रहरु - म कमेण्ट लेख्छु, प्रकाशित भए नि ठिकै नभए नि ठिकै भन्ने हो भने म प्रतिक्रियाबिहिन छु । तर मेरो बिचारमा हरेक कमेण्ट लेख्ने पाठकले एउटा तर्कशील कमेण्ट लेख्न कम्तिमा आधिघण्टा समय लगानी गरेको हुन्छ, र त्यो कमेण्टमा उसले जिन्दगीभर सिकेका ज्ञानको प्रतिच्छायाँ प्रतिबिम्बित गरेको हुन्छ । जथाभावि गालीगलौज गरिएका वा कमेण्ट बक्समा नाम निकाल्नकै लागि मात्र लेखिएका कमेण्टको कुरा छौडौ, ती कमेण्टहरु हेर्ने बित्तिकै थाहा हुन्छ । त्यसैले मेहनतपूर्वक लेखिएका कमेण्टलाइ जब पूर्वाग्रहि ढंगले बञ्चरो हानिन्छ भने, पक्कै पनि त्यहाँ प्रश्न उठीहाल्छ, आखिर नियत के हो त? हुन त अचेल नेपालबाटै संचालित ब्लगहरु छ्याप्ति छ्याप्ति छन । ती मध्य सबै नभए नि धेरै ब्लगरहरु आफ्नो ब्लगसाइट मेरोसंसार जस्तै चर्चीत बनाउने वा हिटकाउण्ट बढाएर केहि अर्थोपार्जन गर्ने उद्देश्य राखेका हुन्छन । बिडम्बना, हामीलाइ ती ब्लगहरु कता कता छन थाहा छैन । बरु साझाको एउटा कुनामा नेपालबाट सञ्चालित कम नाम सुनिएका तर चाँडो चाँडो अपडेट हुने ब्लगहरुको लिङक राख्न आग्रह गर्नु पर्ला जस्तो छ । (I know Satellite is not Umesh, so do not treat Sate as if Umesh, Sate has just a soft attitude towards Umesh like I used to have until few weeks before. Reading the response Rahulbahi received on his personal inquiry, it made me almost mad, what a nonsense superiority. Huh, its too weird to say your email will be junked and do not email me.)
Read Full Discussion Thread for this article