Posted by: PallaGhareAntare October 3, 2007
हिमानीको नाटक
Login in to Rate this Post:     0       ?        

दीपसंग एकदमै सहमत छु।

अर्को कुरा चाहे सहानुभुति बटुल्न गरुन या आँखाँ छारो हाल्न, या नाटकै सहि बरु हप्तै पिच्छे बाँडिरहुन सम्पत्ति। कमसेकम कसैको छाक त टर्छ, कसैको आँङ त ढाकिन्छ। अब भा सम्पति नि राष्ट्रियकरण गर्न ला बेलाँ बचेखुचेको सम्पति नि गरिबगुरुवालाई बाँड्छु भन्न किन नपाउनि? राम्रो गरे वा नराम्रो हेर्निले, देख्निले छुट्याउनि कुरो हो, झुक्याउन खोज्या हो भने त्यो नि बुझिहालिन्छ बिस्तारै।

तर यस्मा ति बिचरा पाउनेको के दोष, गरिवगुरुवालाई दिनु त धर्मै हो। याँ हाम्ले जे भनेनि आशिष पक्कै दे होलान हैन र? आँखामा आँशु नि पक्कै आयो होला ति डुब्न ला'का घाम, ति बुढा बाजे, ति बुढि बजैको। अनि हाम्ले झैँ हिरा र मोती भन्दा नि तिन्ले त्यै जाडो छल्ने खास्टो पहिले देखे होलान, त्यै बहुमूल्य भो होला।

आफूले एउडो सुको दिन सक्या छैन जिन्दगीमा कसैलाई दुख पाएछौ भनेर, अरुले दिँदा किन नाना थरि कुरा गर्नि? बरु जन्मदिनमा मात्रै बाँड्छन भने दिन दिनै आईरहोस यिन्का जन्मदिन।

Read Full Discussion Thread for this article