Posted by: Birkhe_Maila October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
चौकपा (खाओबादी) को गम्भिर ध्यानाकर्षण!! चौतारीकै अत्यन्त सम्मानजनक पद, प्रतिष्ठा, मान, सम्मान तथा आदरले सुसोभित कोहिबाट, हाम्रो पार्टीको चौतारीमुखि बक्तव्यलाई लिएर, राजनिती तर्फ चौतारीबासिलाई घिसार्न लागेको जघन्य आरोप लगाइएको कुरा तर्फ हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ! आदरणिय चौतारीजनसमूदाय! हामीले कहिलेपनि चौतारीलाई साँच्चिकै राजनितीक मोड दिन चाहेनौँ, दिएका थिएनौँ र दिने पनि छैनौँ!कसैले हामिले निकालेको बक्तव्यालाई कथित रुपमा "कपोलकल्पित कुरोहरु र तथानाम अभिब्यक्ति" भनेर आरोप लाउन समेत पछि परेनन्। हामि यो कुरा सम्पुर्ण जनसुमदायलाई अवगत गराउन चाहन्छौँ कि, कसैले पनि यथार्थ कुराहरुको अभिव्यक्ती चौतारीमा दिएका छैनन् र दिने पनि छैनन्। स्वयँ हामिलाई यो आरोप लगाउने महानुभावले समेत अहिले सम्म दिएका कयौँ अभिव्यक्तिहरु, जस्तै- " भैँसिलाई घाँस हाल्न गएँ, भुराभुरि पढाएर आएको" इत्यादी जस्तो अभिव्यक्ति समेत पूर्णतया: कपोलकल्पित भएको परिप्रेक्षमा हामिले गरेको हल्का व्यंग्य कसरी कथित तथानाम अभिव्यक्ती बन्न पुग्यो यसको उत्तरको अभिलाषा राखेका छौँ। साथै धेरै पहिला केहि पटक, स्वयँ आरोपकर्ता बाट नै साँच्चैको राजनितीक टिप्पणिहरुजस्तै कुराहरु आएका बेलामा समेत हामि व्यंगात्मक तथा रमाइलो खुराक तयार पार्दै पस्किँदै बसेका थियौँ। तर आजको खुराक वहाँलाई कुन पुर्वाग्रहले गर्दा 'तथानाम अभिव्यक्ती' लाग्यो त्यसको बयान हामिलाई मात्र हैन सम्पुर्ण चौतारी जनसुमदायहरु जसले हामि लगायत सबै पक्षको कुराहरुमा रमाइलो मान्छन, वहाँहरुलाई समेत चाहिएको छ। अन्तयमा फरक पार्टीको भएता पनि हाम्रो रमाइलोमा सहभागि हुनुहुने, कुम्लेन्द्र तथा राहुलभाइ लगायत कुरा रमाइलो मान्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छौँ! रातो नमस्कार! चौकपा (खआओबादी)
Read Full Discussion Thread for this article