Posted by: Deep October 3, 2007
हिमानीको नाटक
Login in to Rate this Post:     0       ?        
राजतन्त्र संगै आर्यघाट जाने काम ज्ञानेन्द्रले आफैं गर्या हो। प्रजातान्त्रिक काङ्रेस र एमाले दुईटै मिलेर सिहासनमा बिराजमान गराई रा बेला के सनकले हो उनी आर्जेघाट तिर लाग्या उनैलाई थाह होला। माओबादीले र सातदलले हामीले राजालाई ठेगान लाको भन्दा आत्महत्या गर्दो मान्छे छेउ भाला बोकेर उभिएको झै लाग्छ मलाई। नेपेसरले एक ताका माओबादी लगायतका राजनैतिक दलले गर्न नसक्या काम ज्ञानेन्द्रले गर्दे भन्थे। कुरा ठिक हो। राजाको भाई राजा हुने कुरा ४६ साल पछिको सम्बिधानमा थ्यो थिएन मलाई पक्का थाह छैन तर छैन जस्तो लाग्छ। ज्ञानेन्द्रलाई राजपरिषदले के हिसाबले राजा बनायो कुन्नी। तर गिरिजा र माधब दुबै पुगे स्वस्ती गर्न। तेस्मै ज्ञानेन्द्रले सन्तोष गर्नु पर्थ्यो। अहिले सम्म जे जति नराम्रो भो सबै राजतन्त्रले गर्दा हो भन्ने पक्षमा म छैन। पृथ्वी नारायण र बहादुर साह सम्म आफ्नो ज्यान बाजीमा राखेर देसको लागि लडेका थिए। एकिकरण गलत हो भने चै गलत काम गर्या हुन। तै पनि कुनै दरबारमा बसेर सैनीकहरुको आहुती मात्रै दिदैन थे। आफै हुन्थे मैदानमा। तेसपछी जङग बहादुर उदाए। राजा थपना भए राणाहरुको बोलबाला भो। राजाहरुको मुल्याङ्कन गर्ने हो भने महेन्द्र देखि गर्दा हुन्छ। लोकतन्त्रको कुनै बिकल्प छैन। राजतन्त्र लोकतन्त्रको बाधक हो भने राजतन्त्रको काम छैन। राजतन्त्र, राष्ट्रिय भाषा,संघिय सासन, धर्म निरपेक्षता जस्ता बिषयमा जनमत संग्रह गर्दा राम्रो जस्तो लाग्छ मलाई। देश बिकासको बारेमा कार्यक्रमहरु प्रस्तुत गर्नु पर्यो नेतृत्व बर्गले -- ज्ञानेन्द्र देउताथान जाँदैमा गिरिजाले आफुलाई असुरक्षित अनुभव किन गर्ने? जनता आफु संग छन भन्नेलाई राजाको के को डर? राजाको बारेमा धेरै सुनियो -- अब देशको बारेमा पनि सुनम न हामी नेपालीले के कस्तो तयारी गर्दै रहेछन नेतृत्वगणले। कैले एउटाले स्वीटाजरल्याण्ड बनाउछु भन्ने अर्कोले सिगापुर बनाउछु भन्ने जस्ता भजमने कुराहरु हैन बरु कसरी बनाउने हो तेस्को बारेमा सुनम न भन्छु म त।
Read Full Discussion Thread for this article