Posted by: chanaa_tarkaari October 3, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        
मेरोसंसारसित रीस उठेका धेरैसित म असहमत हुने गर्थें । कमेण्ट प्रकाशित नगर्ने तानाशाहि उमेशको प्रतिवाद गर्दै यहि साझामा थुप्रैसित बाझेको पनि मलाइ याद छ । ब्यक्तिगत कुराकानीका बिभिन्न प्रसंगमा निस्कने मेरोसंसार बिरोधि कुराहरुमा मैले असमर्थन जनाएँ । तर म गलत हुन सक्छु भन्ने महशुस भएको छ । कमेण्ट प्रकाशीत नहुँदा रीसाउने धेरैलाइ मैले त्यो प्राविधिक कारण होला भन्ने गर्थै । तर हालै हिमानीको ब्लगमा दीप, पि श्रेष्ठ लगायत धेरैको कमेण्टहरु एकमुष्ठ मेटिएको कुरो मैले थाहा पाएँ । यी कमेण्टहरुमा मुलत: एउटा नेपाली नारीले मन्दीर जाँदा आभुषणमा आकर्षण देखाउनु स्वभाविकै भएको, त्यस्तो कुरोलाइ लिएर तुच्छ टिप्पणी गर्न लोकतन्त्रप्रेमि भनिएका विद्वानहरुलाइ नसुहाएको, राजपरिवारका मान्छेले धर्मकर्म गर्न पाउनु पर्ने जस्ता कुराहरु नै थिएछन । बिशेषत: राजदरबारलाइ अनावश्यक कुराहरु उछालेर खेदो खन्ने, माओबादिका बदमासीहरु (जस्तो समाचारपत्र, कान्तिपुर प्रकरण) मा चूप रहने जस्ता कामहरु खुल्लेआम गरेको महशुस हुँदा, त्यो ब्लग पउटा स्वतन्त्र ब्लग नभै कतैबाट परिचालित पो हो कि भन्ने शंका लाग्न थालेको छ । Feel free to agree, disagree or add your experiences.
Read Full Discussion Thread for this article