Posted by: CaMoFLaGeD October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लोल रिट्ठे! हे हे हे! किन खोजी खोजी त्यस्तै लेख्या ठाउँमा आँखा पुर्‍याउनुपर्ने हो तिमीलाई चाँहि? राहुल दाई! सहि काम गर्नुभएछ डेरा सरेर! हुन त हामी कलेज पढ्दा चाँहि हाम्रो डरले कालेहरुले आफ्नो डेरा सार्थे उ बेला! कालेका बच्चाहरु एक्लै हिड्दै आएभने हाम्रो कोठाको ढोका नेर पुगेपछि दौडेर जान्थे! निकै डरमर्दो थियो तिनीहरु! एक दुई चोटी राती धेरै हल्ला भयो भनेर कालेहरुले पुलिस बोलाएका! पत्याउनु हुन्छ?लोल! दीप ब्रो! एकपल्ट हाम्रो केटाहरुले उहिले सानोमा रिसर्च गर्या रहेछ बिराटनगरमा! राती सुतिराको बेलामा लामखुट्टेहरुले निकै हल्ला गरे रे! अनि उस्ले चाँहि के रहेछ भनेर बिचार गर्यो रे! सुते जस्तो गरेर ति लामखुट्टेहरुको चर्तिकला हेर्या रे! पहिले लामखुट्टेहरुले सल्लाह गर्ने रहेछन् 'को जाने झुल भित्र?' भनेर। त्यस्मा चाँहि सबैभन्दा ठुलो कुरा भन्या करेज रहेछ! अब भित्र जानेले फ्रेस ब्लड सुप पिउन पाउनेभयो तर ज्यानको जोखिम उत्तिकै! त्यहि भएर जो अलि आँटिलो छ, उस्ले 'म जान्छु' भनेपछि उनिहरु सबै मिलेर त्यसलाई झुलको सानो दुलो बाट धकेल्ने रहेछन्। भित्र पसेको लामखुट्टेले चाँहि ब्लड सुप आँफुपनि पिउने अनि अलि अलि बाहिरका लामखुट्टेलाई सप्लाईपनि गर्ने! अब त्यस्तै अल्छि खाले मान्छे सुत्या रहेछ र त्यो लामखुट्टेले सक्सेसफुल्ली ब्लड सुप खाएर आयो भने त्यो खाट त्यो लामखुट्टेको अड्डा भयो र त्यो मान्छेमा उस्को अधिकार जम्यो। अरु बागी लामखुट्टेहरुले चाँहि राती चान्स नपाउने हुदा बिहान दिउसो तिर नि अट्याक गर्ने रहेछन्! आफ्नो पर्सनल मान्छे नभएको हुदा ती दिउसो टोक्ने लामखुट्टेले चाँहि अलि मर्सिलेसली टोकेर फोका उठाइदिने रहेछन्, तर राती टोक्नेहरुले चाँहि अलि मिलाएर केहि नबिग्रियोस अर्को पल्ट नि उत्तिकै मिठो सुप खान पाइयोस भनेर फोका अलि कम हुने गरि टोक्ने रहेछन्।
Read Full Discussion Thread for this article