Posted by: Birkhe_Maila October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लु दीपले भने खाँटि कुरो सुन्या र'छ! केदारबाट फर्कन ला' थेम, डाइबर मोरो बस हाँक्या हाँकेउ अर्छ बा! आफ्नु माथ्ला गाममा ला' खाने पानीको पाइप अस्तो माति बाष हुलो तलाटि निस्किहाल्ने! " बाजेलाई मोइ खान मन ला' होला मोइ त काँ पाम्नु याँ परसेदाँ बरु तेइ दइलाई खत्ल्याक खुत्लुक पारेर बना' के जाति ल्यास्सि छ तेइ तुइँकाम्" भनेर खटबिरेले भनेर दुइ गिलाँस जति खा थेँ, आफ्नु त थामि नसक्नु भओ! " लौ न ए पापिहरु हो यो बुडालाई क्यार्न दुख दिन्छौ बस रोकाओ" भनेर जति कराए नि कसैले टेर पुछ्छर लाएन! क्यार्नु केइ तल माथि भओ भने बजियाको बसको सिठ बिउरिने कुरो त के भओ र आफूलाई आफ्नो सुरुवाल सुत्केरीको थाङ्ग्ना जस्तो होला भन्ने पिर! जे पर्ला पर्ला भनेर " तिमि मोटर रोक्ने भ' रोक नत्र याइँ बसाटि तल सटकाँ असार लेराउँछु बजिया हो" भनेसि बल्ल बल्ल " यो बुडालाई कति तुर्क्याउनु पर्ने" भन्दै डाइबरले बस रोको, किलेन्डर बज्जे ए बाजे २ मिनेठाँ सकाऊ नत्र तिम्लाई छोडेर जाने हुम' भन्छ! त्याँसि बस रोक्या ठामबाट अलि पर एउडो पसला पछाडि बसेर काम साम सकेर सुरुवालको ईँजार बाँध्दै निसक्या त मर्न नसक्नेहरुको गोडा पन्ध्रबिसेक बसको ठाँडो उस्तै! फसाद परो, कुन चाइने बसाँ आ' हो , कता उत्तर कता दख्खिन केइ छुट्टे मरिजाम्! बित्याँस पर्ने भो भन्दै एउटा बसाँ उक्ल्या त सपै काला न काला औतारीहरु क्वार्क्वार्ति मै बुडालाई खाउँला झैँ हेरिरा'का! लु भएन अर्को बसाँ परेछु भनेर, खोज्न थालेँ, बरु बदाम सिलो खोज्या भ' गोडा दुएक माना पुर्याम्तेँ होला बस भेटिएन। परदेसाँ सारै दुख पाइयो! ढिलो भ'र डाइबर मोराले नि बस कुदाएछ! साह्रै सकस पा'र भाउन्नेर तेइ पसला कुनाँ बसेर " हे नारन तीर्थ आम्दा यतै मरिने भइयो" भनेर आत्तिरा थेँ, पछाडिबाट पो " जिम्माल बा क्या नाम, कसरि इधर आउनुभयो?" भनेर एउटोले बोला' सुनेर फर्केर हेर्या र हाउँरै रिकुटे रेछ! धन्न मोरो भेटियो र मात्तै हो नत्र परान तेतै जान्थो! हरिशरणम्!
Read Full Discussion Thread for this article