Posted by: Deep October 1, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
बिराटनगरको अनुभव आफ्नो सिमित छ -- के गर्नु योगदान खास गर्ने कुरा केही छैन तर पढ्न भने मलाई रमाइलो लाग्छ -- गर्मीको बेला थ्यो -- कति थ्यो कुन्नी तापक्रम ४० सेल्सस जति हुँदो हो-- हप हप थ्यो -- उसिनेको जस्तो -- पात सम्म हल्लेको हैन हावाको नाम मा -- मान्छेहरु भने केही नभएको जस्तो आ-आफ्नै काममा लागेकै छन -- सोधें पनि -- गर्मी लाग्दैन? -- आज अलि अलि गर्मी छ -- तर पुर्ब तिरको हाबा आएसी सित्तल हुन्छ भन्छन -- उ पात हल्लिदै छ भनेर चराले उडार हिनेको होला कुन चै पात देखेर भने कुन्नी -- साँझा लामखुट्टेको झुन्ड झुण्ड आउने रे छ फेरी -- घुर हो की के ध्वाँ बाले पछी भाग्छन भन्थे --त्यो ध्वाँले आफैलाई दिक्क पार्दो रे छ -- म त टिक्न सकिन -- तु फर्कें। तर हरेक चोटी तिहार आउँदा भने बिराटनगरको तिहार सम्झिन्छु -- मन नै ताजा हुन्छ -- काठ्माडौको भन्दा धेरै फरक र जिवन्त लागेको थ्यो त्यो तिहार। अँ होली पनि काठमाडौको भन्दा धेरै भद्र हुन्छ रे तेता भन्थे।
Read Full Discussion Thread for this article