Posted by: Amazing September 30, 2007
Footbal- Can Nepal enter SemiFinal?
Login in to Rate this Post:     0       ?        
Can Nepal Create History today? From Kantipur एएफसी प्रेसिडेन्ट कप फाइनल आज: पुलिस इतिहास रच्न आतुर पवन आचार्य लाहोर, असोज १२ - नेपाली लिग च्याम्पियन महेन्द्र पुलिसले प्रेसिडेन्ट कपको फाइनलमा आइतबार डिफेन्डिङ च्याम्पियन किर्गिस्तानको डोरडोई डायनामोको सामना गर्दैछ । दोस्रो सेमिफाइनलमा डायनामोले श्रीलंकाको रत्नम् स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्‍यो । निर्धारित र अतिरिक्त समयको खेलमा दुवै टिम १-१ को बराबरीमा थिए । पुलिस र डायनामो लिग चरणमा एउटै समूह 'बी' मा थिए । त्यसमा डायनामोले पुलिसलाई ३-० ले हराएको थियो । त्यसमा राम्रो सुरुवात लिएर पनि पुलिस पराजित भएको थियो र सुरुमा गोलको निश्चित अवसर गुमाउन बाध्य भएको थियो । 'समूह चरणमै डायनामोको सामना गरेको हुँदा हामीले उनीहरूबारे राम्रोसँग बुभmने अवसर पाएका छौं । त्यसैले जितका लागि उपयुक्त रणनीति बनाउने अवसर छ,' पुलिस कप्तान रमेश बुढाथोकीले भने- 'आइतबारको खेल पुलिसले मात्र खेल्ने छैन, हामी सबै नेपाली फुटबल प्रशंसकको प्रतिनिधित्व गरेर खेलिरहेका हुनेछौं ।' उत्कृष्ट र्फममा देखिएका मिडफिल्डर भोला सिलवालको अनुपस्थिति पुलिसका लागि थप चिन्ताको विषय बन्न सक्छ । यद्यपि लिग चरणमा दुई पहेंलो कार्ड खाएका कारण सेमिफाइनल खेल्न नपाएका अर्का मिडफिल्डर पर्वत पाण्डेको पुनरागमन प्रशिक्षक विराटकृष्ण श्रेष्ठका लागि सुखद हुन सक्छ । सिलवालको स्थानमा उनले कुञ्जन श्रेष्ठलाई मैदानमा उतार्ने भएका छन् । त्यसबाहेक पुलिसको साथमा अर्का आसलाग्दा युवा खेलाडी रोशन कार्की रहेकाले आइतबार रातिको खेलमा श्रेष्ठलाई खेलाडीको अभाव हुने छैन । शारीरिक एवं प्राविधिक हिसाबले नेपालभन्दा धेरै माथि रहेको किर्गिस्तानी टोलीलाई कम आँक्ने भूल आफूले नगर्ने श्रेष्ठले बताए । किर्गिस्तानका प्रशिक्षक बोरिस पाडकोटोभले श्रीलंकाविरुद्ध खेलमा आपmना स्ट्राइकर नचलेका कारण पुलिसँगको भिडन्त कठिन हुने बताउँछन् । कप्तान रमेशसँगै पुलिसका तीन खेलाडी प्रतियोगिताको उत्कृष्ट खेलाडी 'मोस्ट भ्यालुएबल प्लेयर' हुने होडमा छन् । रमेशसँगै उत्कृष्ट हुन सक्ने खेलाडीमा स्ट्राइकर जुमनु राई र गोलरक्षक रितेश थापा छन् । चौथो संस्करण चिनियाँ ताइपेईमा लाहोर- अखिल नेपाल फुटबल संघ -एन्फा) अध्यक्ष गणेश थापाको अध्यक्षतामा शनिबार एएफसी प्रेसिडेन्ट कप र एएफसी च्यालेन्ज कप आयोजक कमिटीको बैठक बस्यो । बैठकले अर्को वर्ष चौथो संस्करणको प्रेसिडेन्ट कप चिनियाँ ताइपेईमा गर्ने निर्णय गर्‍यो । बैठकले सन् २००९ को संस्करणदेखि सहभागी टिमको संख्या बढाउने निर्णय गर्‍यो ।
Read Full Discussion Thread for this article