Posted by: wikalp September 29, 2007
पोखरा कबिता
Login in to Rate this Post:     0       ?        
परिधानमा लुकेकी पोखरा Byदामोदर पुडासैनी "किशोर" परिधान पहिरे पनि लोभलाग्दी निर्वस्त्र उभिए पनि मायालाग्दी तिमीलाई देख्नै किन पर्‍यो र पटकपटक सम्झनाले नै मेरो मन छमछम नाच्न छोडेको छैन एउटा गुनासो छ तिमीसँग घरिघरि तिमीले बादलु वस्त्रले आफ्नो शरीर ढाकेको भने मलाई पटक्कै मन परेको छैन त्रि्रा सुडौल र बराँठिएका उन्नत चुचुराहरू सुमसुम्याउन कयौँ पटक धाएँ म त्रि्रो प्रदेशमा दह्रो माछा बनेर पस्दै तालको भन्दा अझ धेरै गहिराइ चुम्न खोजें मैले टिलपिल टिलपिल भएको त्रि्रो तालमा त्रि्रा हरेक खोपिल्टाहरूमा निर्वाध घुस्न चाहन्छु हरेक कुना, कन्दरा र ओडारहरूमा मन साटेर लुक्न चाहन्छु घरिघरि तिमी बस्त्रले ढाकिएपछि कसरी सम्पन्न गर्न सकुँला मैले मेरो मनमा साँचिएका त्यति धेरै सिर्जना र सुन्दरताका कुरा कहिले सुतिदिन्छ्यौ लम्पसार परेर कहिले झिम्क्याउँछौ आँखा अर्काको मन नै चुँडाल्ने गरेर यता तान्छ्यौ वस्त्र उता खुस्कन्छ त्रि्रो शरीर उता छोप्छ्यौ यता निस्कन्छन् वैशालु अवयवहरू कहाँ ढाक्न सकिन्छ र परिधानले मात्रै हल्कँदै गरेका बैंसलाई आफ्ना सुन्दर खरखजानाहरू लुकाउँदै देखाउँदै देखाउँदै लुकाउँदै गर्ने त्रि्रो बानीलाई म इमानी भनुँ या बेइमानी भनुँ - सत्तेसत्ते धरोधर्म तिमीसँग मन पनि साट्ने मन छ तन पनि साट्ने मन छ साँच्चै मन दिने हो भने आमाको गर्भबाट निस्कँदा जस्ती थियौ त्यतिकै खुलेर उभिऊ मेरो सामु तिमीलाई देखेरै म आफूलाई यतै छोडेर जाँदैछु दूर प्रदेशमा फर्केर आउँदा माया गाँसिसक्ने हो भने त्रि्रो कलेवरमा एक टुक्रा कपडाले पनि कतै ढाकिएको हुने छैन । Posted by wikalp Orig from Lakeside pokhara Now , wichita, kansas
Read Full Discussion Thread for this article