Posted by: gahugoro September 29, 2007
Login in to Rate this Post:
0
?
दामी कमेन्ट:
1.भारतीय नागरिक प्रशान्त तामाङलाई इण्डिन आइडल बनाउन नेपाली नागरिकहरु मरिहत्ते गरी लागेको देख्दा नेपाली तामाङहरु चकित परेको हुनुपर्छ। यो देशमा आजसम्म नेपाली तामाङहरुका लागि कसैले पनि ध्यान दिएको थिएन, जति कि आज एक भारतीय तामाङको लागि दिइएको छ।
तामाङ जातिले यदि कसैको माया पाउने हो भने भारतीय भएरै जन्मनुपर्ने रहेछ कि क्या हो? त्यसो त इण्डियन आइडल छान्ने काममा नेपालका तर्फबाट यति–यति समर्थन पाएकोमा भारतीय पक्ष पनि खुशी भएको हुनुपर्छ। नेपाली जनताले इण्डियन आइडलका लागि भोट हाल्न नपाए पनि नोट भने प्रशस्तै हाले। अन्ततः नेपाली जनताको नोट र भारतीय जनताको भोटले प्रशान्त तामाङलाई इण्डियन आइडल बनायो।
अब भारतको मनशाय हुनसक्छ, जसरी आज इण्डियन आइडल छान्ने काममा नेपाली जनताले उत्साह देखाएका छन्, भोलि इण्डियन प्राइमिनिष्टर छान्ने काममा पनि त्यसरी नै उत्साह देखाइयोस्।
Comment by Su-Ki — September 30, 2007
from mysansar.com