Posted by: Amazing September 29, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
From Kantipur गोर्खालीको छोरो हु“ म मोदनाथ प्रश्रति गीत प्रतियोगितामा प्रशान्त तामाङको विजयले नेपालको जातीय र राष्ट्रिय भावनाको विषयमा उठेका प्रश्न र शंकाको तड्कारो जवाफ दिएको छ । तामाङ जाति, नेपाली मूल र भारतीय राष्ट्रियताका कलाकारको र्समर्थन र विजयोत्सवमा सिंगो नेपालका सबै जाति र समुदायको लहर उर्ल्याे । भारतीय नेपालीको ऐक्यबद्धता र उल्लास आफ्नो ठाउ“मा छ“दै छ, विश्वभरि छरिएका नेपालीमा पनि यस्तै उमंग देखापर्‍यो । यस लहरमा कतै नाक, रौं, आ“खा, छाला, जातजाति तर्राई, पहाडजस्ता विषयको गन्ध देखापरेन । प्रशान्तले प्रतियोगितामा नेपाली भाषामा गीत गाए । त्यतिमात्र होइन, उनले 'गोर्खालीको छोरो हु“ म गोर्खे मेरो नाम आइलाग्ने शत्रुको म गर्छु काम तमाम । इतिहास पल्र्टाई हेर या पर्ुखालाई सोध, जितेकै छौं संसारलाई ... निर्दयी त हैनौं हामी' गीत गाउ“दा संसारभरि एकैसाथ करोडौं नेपाली हातका ताली बजे । सबैका आ“खा खुसीका आ“सुले डब्डबाए । नेपालीको बाध्यता हो- अर्कै मुलुकको सेनामा भर्ती भएर अर्कै मुलुकका सेनास“ग लड्नर्ुपर्ने । जाति, राष्ट्रियता, मानवीयताका हिसाबले संसारका कुनै मुलुकका जनता नेपालीका शत्रु होइनन् । तर उनीहरू ब्रिटिस र भारतीय सेनामा भर्ती भएर अनेकौं मुलुकका सेनास“ग लड्न विवश भए । यो विवशता विदेशी उपनिवेशवाद, साम्रँज्यवाद र स्वदेशी निरंकुश सामन्ती व्यवस्थाले लादेको हो । यसै बाध्यताले लाखौं नेपाली विदेशी राष्ट्रियताका अंग बन्न पुगेका हुन् । देशले रोजगारी दिन नसक्दा मजदुरीमा पुगेर दसौं पुस्ता विदेशमै फैलाउनेहरूको संख्या बढ्दै गई आधा नेपाली यता र झन्डै आधा उताको स्थिति देखापरेको छ । प्रशान्तका पर्ुखा पनि यस्तै कुनै बाध्यताले या सुगौली सन्धिपर्ूवको अभियानले उता परे होलान् । राष्ट्रियता दर्ुइखाले हु“दोरहेछ- भूगोलको राजनीतिले बा“धेको र जाति-भाषा-संस्कृतिले फैलिएको । प्रशान्त र हामी पर्ुखाले जोडेका भूगोलको सा“ध वारिपारि भए पनि जाति, भाषा, संस्कृति र साहित्यको विश्वव्यापी एउटै भूगोल तथा राष्ट्रियतामा छौं । राजा, नेता एवं स्रष्टामा ठूलो अन्तर छ । पहिलाथरीको भूगोल सा“गुरो हुन्छ भने दोस्रा थरीको विश्वव्यापी । प्रशान्तलाई र्समर्थन, विजय र सम्मानको शिखरमा पुर्‍याएको दुवै राष्ट्रियताको भावनात्मक एकताले हो । प्रशान्त गोर्खामा जन्मेका होइनन् । अहिले गोर्खाका बासिन्दाबाहेक अरू कसैले आफूलाई गोर्खाली भन्दैनन् । इतिहासमा समयसमयमा नेपाल विशाल थियो तर पन्ध्रँैं शताब्दीपछि वाग्मती उपत्यकाको सेरोफेरोमा मात्र त्यो खुम्चिएको थियो । उपत्यका बाहिर चारै दिशाका मान्छेले यसै ठाउ“मा पुग्नुलाई 'नेपाल जाने' भन्थे । २४० वर्षपुरानो इतिहासले नेपाल र गोर्खाको भावनात्मक भूगोललाई अर्कै रूप दियो । केही मान्छे अझै पनि भन्छन्- गोर्खाले जित्यो हामीले हार्‍यौं । गोर्खाका बासिन्दा भन्छन्- गोर्खाले हार्‍यो, नेपालले जित्यो, गोर्खाको सारा श्रीवैभव काठमाडौं सर्‍यो । मेची-महाकालीभित्रका जनता भन्छन्- पुरानो विशाल नेपाल नपाए पनि ठूलै नेपाल पायौं हामीले । तर भारत विजयी दार्जिलिङे प्रशान्त संगीतको सगरमाथा चढेर सानसित भन्छन्- 'गोर्खालीको छोरो हु“ म गोर्खे मेरो नाम ।' किन यस्तो गौरव छ गोर्खे नाममा - पृथ्वीनारायण शाहका सेना नेपालका ससाना राज्य-रजौटामा विजयी भएर गोर्खाली बहादुर कहलिएका होइनन् । उनीहरूले नेपालमाथि आक्रमण गर्ने अंग्रेजलगायत शक्तिशाली सेनामाथि सानदार विजय हासिल गरेर वीर गोर्खाली नाम पाएका हुन् । प्रशान्तमा देखिने गोर्खाली गौरव त्यसै चरणको पुर्ख्याैली संस्कार हो । गोर्खाली सेनाको बहादुरीबाट अंग्रेजहरू लोभिएका थिए । यस जातिलाई आफ्नो सेनामा भर्ती गर्न पाए विश्वविजयी बन्न सकिन्छ भन्ने उद्देश्यले नेपालमा उनीहरूले राणाशाही स्थापनाको भूमिका खेलेका हुन् । कोतपर्वले अंग्रेजी उपनिवेशवादविरोधी स्वाभिमानी देशभक्तको संहार गर्‍यो र नेपालीलाई ब्रिटिस विस्तारवादी सेनामा भर्तीको ढोका खोल्यो । तर पुरानो जोसलाई अन्धो ढंगले जगाउन गोर्खा भर्ती केन्द्र खोलेर सेनाको नाममा पनि गोर्खा शब्द जोड्यो, विजेता खुकुरीका प्रतीक टोपीमा सिउर्‍यो र सैनिक झन्डामा फहरायो । अशिक्ष्ँित नेपालीलाई परेडमा उफारेर रक्सीको रम्रमाहटमा 'आयो गोर्खे' भनेर फुर्क्याउ“दै विश्व विजयी युद्धमा झोंक्यो । अशिक्ष्ँा र पेटको बाध्यता भए पनि नेपाली शूरवीर थिए । नांगो खुकुरीका भरमा तोप र बंकरमाथि खनिने साहसले जिताएको युद्धले बेलायत विश्व सम्राट बन्यो र ब“चेका बहादुरलाई भीसीलगायत विविध तक्मा बा“ड्यो । ती गोर्खा सैनिकले कसका शत्रुलाई जिते र कसका मित्रलाई हराए - वर्तमानले विश्लेषण गरिरहेको छ । त्यसैले त प्रशान्तको गीतले मार्मिक भावमा भन्छ- जितेकै छौं संसारलाई, अरूको जस्तै दुःख छ हामीलाई, निर्दयी त होइनौं हामी पनि, वीर वीर गोर्खाली । आमाले पहिराएको वीरता र जातीयताको प्रतीक टोपी ढल्काएर उनले गाएको गीतले हामी एकातिर खुसीले गद्गद् छौं, अर्कातिर देशलाई नया“ युगमा लैजाने जटिल जिम्मेदारी बोधले गम्भीर छौं । कतिपय मानिस भन्दै छन्- नेपाल भौगोलिक रूपमा एकीकृत भए पनि सबै जाति जनजातिबीच भावनात्मक एकता नभएकाले एक राष्ट्र बनिसकेको छैन । के हो भावनात्मक एकताको परिभाषा - एकातिर दार्जिलिङे तामाङलाई जिताउन सिंगो नेपाल जर्ुमुराउ“छ र देशका दसगजाको सीमास्तम्भ अरूले हल्लाइ दि“दा सारा नेपालीको रगत तात्छ । भारतले अबैध रूपले बा“धेको बा“धले तर्राईका गाउ“ डुब्दा देश रुन्छ र आर्थिक सहयोग जुटाउ“छ । धर्मराज थापाले गाएको 'हाम्रो तेन्जिङ शर्ेपाले चढ्यो हिमाल चुचुरा' भन्ने गीत सुन्दा नेपालीको छाती ढक्क फुल्छ । पासाङ ल्हामु शर्ेपाको सगरमाथा विजय र दुःखद मृत्युमा नेपाली एकै साथ हा“सेर रुन्छ । महावीर पुन पुरस्कृत हु“दा सबै नेपाली गौरवान्वित हुन्छन् । हिंसाविरुद्ध सबै नेपाली सामूहिक जुलुसमा निस्कन्छन् । यी सबै विषयभन्दा माथि हजारौं वर्षो सामन्ती व्यवस्था र निरंकुश राजतन्त्रको समाप्ति र लोकतान्त्रिक गणतन्त्रको स्वागतनिम्ति सिंगो देशमा एकै दिन पचासौं लाखका जुलुस निस्कन्छन् भने भावनँत्मक एकताको अर्काे बान्की खोज्न कहा“ जाने - र नवउपनिवेशी शोषणविरुद्ध कहिलेदेखि एकताबद्ध भएर लड्ने - धनी र गरिबीको खाडल निरंकुश राजतन्त्रको छत्रछाया“मा हर्ुकेको सामन्तवाद र साम्रँज्यवादका शोषण एवं दमनको परिणाम हो । जनतालाई फुटाएर हजारौं वर्षशासन गर्न जातपात छुवाछूत, भाग्यवादी जातिवादी भावना फैलाएको सामन्त वर्गका नाइकेले हो । त्यसैकारण सबै जातजातिका गरिबले देशमा ठूलो कष्ट भोगेको र विदेशका गल्ली चहारेको गहिरो पीडा हामी भोगिरहेछौं । हाम्रँे जस्तो देशका सम्पर्ूण्ा प्रँकृतिक स्रँेत साधनमाथि कब्जा जमाएर अझै शताब्दीऔं हामीलाई चुसिरहन बहुराष्ट्रिय नवउपनिवेशी सू“ड हाम्रो देशमा घुसिरहेछन् । यस्तो स्थितिमा पहाडेजाति पहाड जाऊ, हामी छुट्टै राष्ट्र बनाउ“छौं । हामी जाति-जातिका आत्मनिर्ण्र्ााहितका अलग राज्य बनाउ“छौं, हामी अरू पार्टर्ीीई धुलिरम पारेर एउटा पार्टर्ीीे एकाधिकार जमाउ“छौं भन्दै बम, बन्दुक, बन्द, धर्ना, हडताल, हत्या, आगजनी, मनोमानी चन्दा, लुटपाट, कुटपिट, संविधानसभा चुनाव बिथोल्न आफ्नै प्रतिबद्धता च्यातेर अड्को थाप्ने आदि जस्ता उत्पातमा रमाउन थाल्ने हो भने देश र जनताको स्वाभिमान, स्वाधीनता र भावनात्मक एकता कसरी कायम गर्न सक्छौं - र हामी कुन शक्तिको बलमा कस्तो राष्ट्रमा कस्तो युग ल्याउ“छौं - बन्दुकका तगाराले धेरै ठाउ“मा बाटो छेके तर ती पन्छाउ“दै चुनावका दैला उघार्दै हामी यहा“सम्म आउन सक्यौं । अब पनि हामी सारा झयालढोका बन्द गर्नेहरूको विरुद्धमा छौं
Read Full Discussion Thread for this article