Posted by: Tinkune September 28, 2007
Simulated Reality
Login in to Rate this Post:     0       ?        
http://www.nytimes.com/2007/08/14/science/14tier.html?_r=1&oref=slogin मलाइ केही समयदेखी यो सिमुलेटेट रियलिटी भन्ने कन्सेप्टले बडो अच्चम्मित बनाएको छ| Matrix movie को जस्तै कुरो हो| Matrix मा real physical body भयेका मानिसहरुलाइ तरल पदार्थको भाडोमा राखेर energy farming गरिएको थियो| ति अभागि मानिसहरुको ब्रैनलाइ चै computer simulation मार्फत make belief सन्सारको लिलामा भुलाइएको थियो| यो Nick Bostrom भन्ने Oxford University को फिलोसोफीको प्रोफेसर को थेउरी चाही अलि फरक छ| उनको बिचारमा हाम्रो physical body पनि छैन, हामी खालि computer को मेमोरीमा 0 र 1 को रुपमा मात्र छौ| जसरी computer game खेल्ने ठिटोले Sim City गेममा अवतार (avatar) स्रिजना गर्छ, तेसरी नै हामी पनि कुनै शक्तिशाली कम्पुटरमा खेलिएको गेमको अवतार हुनसक्छौ| प्रश्न उठला - हामी मानिसहरु चेतनायुक्त छौ तर यि software अवतार कसरी conscious हुनसक्लान्? यो त बडो गम्भिर फिलोसोफिकल प्रश्न भयो| को conscisouness भएको छ, को छैन त्येसको उत्तर त त्येसले बाहिरी रुपमा (external behaviour) कसरी ब्यबहार गर्छ त्यसमा भरपर्छ| उदाहरणकोलागि Deep Blue computer ले गेरी कस्पारोभलाइ चेसमा हराउदा कतिले भने - Deep Blue ले सोचेर चेस खेलेको थिएन, उ त खालि mechanical calculations मात्र गरेको थियो। तर बास्तवमा Deep Blue साच्चिकै conscious भएर गेम खेलेको थियो या थिएन यो त test गर्न सकिने कुरा होइन, अनुमान मात्रगर्ने कुरो हो| computer शक्तिशाली हुन थालेपछि यि avatar हरु पनि conscious जस्तै behave गर्नसक्छन्| यदि Nick Bostrom को थेउरी सत्य हो र हामि साच्चै कम्पुटरको सिमुलेशनभित्र बाचिरहेका छौ भने त्येसको ramifications के हुनसक्छ? माया, प्रेम, नैतिकता इत्यादि कुरोको कुनै अर्थनै रहेन| कसैले कसैलाइ मारिदिए पनि हुन्छ किनभने यो सबै game मात्र हो| अर्को रोचक कुरो के भने ति avatar पनि advanced हुदै जादा उनिहरुले पनि computer प्रविधिको बिकास गर्न सक्छन अनि उनिहरुपनि आफ्नै computer game बनाएर अरु avatar जन्माउन सक्छन| simulation inside simulation, simulation inside simulation inside simulation, simulation inside simulation inside simulation inside simulation.... These days no article is complete without venerable Wikipedia link. So here it is: http://en.wikipedia.org/wiki/Simulated_reality If there are any computer science students/experts, it would be interesting to read their viewpoint. Tinkune
Read Full Discussion Thread for this article