Posted by: gwanche September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
चित्रे नातिले झन जासुसी कमेन्ट देला भनेर मैले पढेको छैन भन्ने वाक्य कपेर पेस्टेको, केइ पनि भनेन। पोर सालको स्वस्थानी क्या रमाइलो भा थ्यो, झन लास्ट्को दुइ तीन वटा खन्ड त आफ्नै बारेमा थ्यो। प्रिय नाती चित्रे, यो हफ्ता भरिको लागि जरा खोतल्ने काम सिद्द्यो। अब फेरी सोमबार जोतिनु पर्छ तर अब आउने सोमबार त शुक्रबार जसतै हुन्छ, मंगलबार छुट्टी, क्या मोज! तिम्रो के छ नि, केइ नयाँ लेख न (भन्न पो सजिलो!)। रिट्ठे सोम, हामी सँचै, हामी नि? हामी त एकछिनमा हसुरिबक्सने। सान्नानी, के छ तिम्रो हालखबर, आजकाल ( हो कि सँधै??) नयाँ नयाँ परीकार बन्दैछन भन्ने हल्ला चल्याछ गामतिर त। आज के बनायौ? अनी हाम्री भान्जीको नि अन्न प्रासन गराउने बेला भेन? सबैलाई सोध्या छ भन्दिनु है!
Read Full Discussion Thread for this article