Posted by: CaMoFLaGeD September 25, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
दिवाकालिन जदौ सम्पुर्ण चौतारीबासीहरुलाई! रुद्रमणिजीको कथा पढेर राम्रो भनिदिनुभएकोमा रुद्रमणिजी धेरै धेरै आभारी हुनुहुन्छ रे। उहाँले धन्यवाद भनिदिनु है भन्नु भा'छ। :D राहुलदाई: तपाईँले भन्नुभएका कुराहरु सोह्रै आना ठिक छ। के गर्ने यस्तै छ। सुन्तले जी: हे हे हे! काठ्मान्डौको बसाई त्यस्तै हो! कसै कसैले राम्रोपनि भेट्छन्। :-) सान्नानी: ढाकाको टोपी त म लगाइरहन्छु नि घरमा। सबैले निकै सुहाउछ भनेर फुर्क्याउछन् म नि मख्ख पर्दै लगाउँछु। कुनै दिन फोटो देखाउँला तिमीलाई। :-) चित्रे: के छ यार? त्यहि त! कुनै बेला त कस्तो लाग्छ भने, उहिले नेपाललाई ब्रिटिशले लिएको भए हामी अहिलेको भन्दा निकै देशभक्त हुन्थ्यौँ कि। खोइ यार! :( रिट्ठे ब्रो: यो रुद्रमनि जीको सत्यघटनामा आधारित कथा हो। प्रशान्त, सोनी टिभी, अनु मलिक आदि सत्य पात्रहरु हुन्। :P उफ्रि नानी: सन्चै हो? :-) फेरि पनि सबैजनालाई जदौ यो सोझो कुम्लेको! :-)
Read Full Discussion Thread for this article