Posted by: Deep September 24, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
सबै भन्दा पहिला त प्रशान्तलाई बधाई। प्रसान्तको जित नेपाली मुलका सबैको लागि एउटा सांकेतिक बिजय हो। नेपाली ढाका टोपी लाउने फेरी इन्डीयन आईडल हुन्छ हुन्न के थाह? भए नै पनि यो पहिलो बिजयको महत्व बेग्लै हुन्छ। सोनीले बेपार गर्यो राम्रै तर प्रसान्त र हामी उस्का शुभचिन्तकहरुलाई के नोक्सान भो त? केही न केही। आफुले चाहेको मान्छेले जित्यो -- उस्को भबिष्य बन्यो -- एक करोड -- मोटर -- र अरु अघोसित सुबिधा हात पार्यो -- हामीलाई त राम्रै भो -- नोक्सान कै कुरा गर्ने भए अमित र उस्का समर्थकहरुलाई भो। पैसा नी गयो मौका पनि। अमितले पनि मोटर त पायो -- प्रसान्त हारेको भए सायद पाउँदैनथ्यो होला। प्रसान्तले जित पछि आफुलाई राम्रो सँग प्रस्तुत गर्यो जस्तो लाग्यो मलाई। अमितलाई पनि मेरो शुभकामना। हरेक नेपालीको जितमा हामीले पनि साथ दिनु पर्छ जस्तो लाग्छ। फाईदा बेफाईदाको तराजु बोकेर हिन्ने हो भने जिन्दगी बित्छ जोखेर सकिन्न। प्रसान्त अब काठ्माडौ र पोखरामा घन्किन्छ -- भारतकि सान नेपाली गीतमा चम्किन्छ -- राम्रो कुरा हैन र यो?
Read Full Discussion Thread for this article