Posted by: CaMoFLaGeD September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
आदर्णिय स्रोता महानुभावहरु, स्वागत छ यो सानो कमर्सियल ब्रेक पछि। यहाँहरुलाई मैले अघि भने अनुसार आज हाम्रो अगाडी हामीले दुईजना चौतारीका सदस्यहरुलाई कफी विद कुम्लेमा निमन्त्रणा गरेका छौ। वहाँहरु को को हुनुहुन्छ भन्नु भन्दा पहिले यहाँहरुलाई एउटा कुरा निवेदन गर्न चाहन्छु। बिगत ४-५ महिना देखि हामीहरु सबैजना एउटा कुरामा निकै युनाइटेड थियौँ र त्यो हो इन्डियन आइडलमा प्रशान्त तामाङलाई जिताउन। यहाँहरुले देखिहाल्नु भयो प्रशान्त तामाङले हिजो कत्ति धेरै भोट प्राप्त गरेर इन्डियन आइडल जिते। प्रशान्तलाई जिताउन धेरै जनाले आ-आफ्नो तर्फबाट निकै सहयोग गरे। धेरैजना चौतारीबासीहरुले पैसा चन्दा दिएर अप्रत्यक्ष रुपमा भोट हालेर सहयोग गर्नुभयो। तर आज हामी त्यस्ता दुईजना चौतारी सदस्यहरुलाई यहाँ कफि पिउन निम्ताएका छौँ जस्ले प्रशान्त तामाङलाई जिताउन निकै मेहेनत गर्नुभयो। उहाँहरुको योगदान सगरमाथा भन्दा अग्लो र हिमालय रेन्ज भन्दा चौडा रहेको कुरा यहाँहरुलाई मैले भनिरहन पर्दैन। हजुर! स्वागत गरौँ चौतारीका सदस्यहरु श्री चना तरकारी (चना ब्रो) र श्री झिल्के कुमार जी (Amazing) लाई। संवाददाता: सर्वप्रथम त यहाँहरुलाई स्वागत छ यो कफि विद कुम्लेमा! मेरो पहिलो प्रश्न छ हाम्रो चना ब्रोलाई, चना ब्रो कस्तो महसुस भइरहेको छ आज प्रशान्तले इन्डियन आइडल जित्दा? चना ब्रो: ओ कुम्ले पाट कत्ता उता झिल्के तिर हेरेर चना ब्रो भनिराको? संवाददाता: ओह! माफ गर्नुहोला चना ब्रो! स्रोताबिन्द यहाँहरुलाई भनिहालुम्, दुबैजना अबिरले रात्तै भएर आउनुभएको छ त्यहि भएर को चना ब्रो हो र को झिल्के हो थाहा पाउन गार्हो परिरहेको छ मलाई। ल चना ब्रो! भन्नुस् न त कस्तो अनुभव भा छ? चना ब्रो: एकदम खुसी लागेको छ कुम्ले ब्रो! आजको जित भनेको नेपालीहरुको जित हो। जस्ले आफ्नो भाषालाई माया गर्दछ तिनीहरुको जीत हो। एउटा सरल ब्यक्तित्व को जीत हो, एउटा साँच्चो सिपाहीको जीत हो! संवाददाता: निकै राम्रो कुरा भन्नु भयो चना ब्रो! अब म एकछिन यहि प्रश्न हाम्रो झिल्केलाई सोध्न चाहन्छु। त झिल्के पाट! कस्तो अनुभव भइरहेको छ आज? झिल्के: (केहि नबोली प्रशान्तको फोटो भएका प्लेकार्डहरु एउटा एउटा गर्दै संवाददातालाई देखाउछन्) संवाददाता: अँ! मैले कुरो बुझिन झिल्के ब्रो! किन यो केहि नबोली प्रशान्तको फोटो मात्र देखाको? चना ब्रो: ल कुम्ले ब्रोले थाहा नै पाएन कि के हो? झिल्के ब्रो को एउटै मन्त्र छ अचेल, "प्रशान्त तामाङ- अन्ली पिक्चर्स नो कमेन्ट्स", अर्को थ्रेड हेर्यो होला नि कुम्ले ब्रो ले! त्यो बिचमा स्विट्जरल्यान्डको पनि पिक देखिएको चाँहि अलि कन्फ्युज भएर हो, अर्को ठाउँमा त्यत्ता तिरको पिक नि राख्दै थियो आज हत्तारमा उत्त तिरको नि ल्याएछ! संवाददाता: ए! हो त नी! निकै राम्रा राम्रा चित्रहरु टाँस्नु भएको थियो झिल्के ब्रो ले। तर अब प्रशान्तले जितिसकेको हुदा केहि बोल्ने हो कि? झिल्के: यदा यदा हि धर्मस्व ग्लानिर भवती भारत... संवाददाता: लौ यो गीताको स्लोक किन नि? चना ब्रो: लौ! उस्को "गीता: वान स्लोक अ डे" भन्ने थ्रेड हेरेन? आज धेरै दिन पछि बोल्न लागेको भएर स्लोक बाट सुरु गर्या हो। संवाददाता: ए ल ल! राम्रो राम्रो! ल अब मेरो प्रश्न को उत्तर दिने हो कि? झिल्के: सर्वप्रथम त म सबैलाई धन्यवाद दिन चाहन्छु मैले राखेका पिकहरु हेरिदिनु भएकोमा। कुम्ले ब्रो कफि दामी छ! संवाददाता: अब यहाँहरुले त उता बिदेशी गाउँतिर नि निकै बबाल गर्नु भएको थियो भन्ने हल्ला छ नि। कस्तो रह्यो? चना ब्रो: दामी भयो ब्रो! दामी! यस्तो थर्काइयो तिनीहरुलाई! के भन्ने! झिल्के: हा हा हा! कुम्ले पाट त्यहाँ त निक्कै हल्लाइयो नि। म नि चार पाँच वटा आइडीमा जानी चना ब्रो पनि अनि एक दुइजना हाम्रो साथीहरुपनि गएको! सब newbie हरु मात्रै के प्रशान्त बक अप गर्ने! ब्लाक बेल्ट हरु त सब Amit तिर! तर बल्ल बल्ल हामीले सबलाई थर्काको नि। संवाददाता: हा हा हा! निकै राम्रो क्याम्पेन गर्नु भयो यहाँहरुले। आज सबैजना यस्तो खुसी छन्! यहाँहरु कोहि बिशेषलाई धन्यवाद दिन चाहनुहुन्छ? चना ब्रो: म मेरी श्रीमतिलाई धन्यवाद दिन चाहन्छु। हरेक बिहान ४ वटा रोटी, चनाको तरकारी, प्याज र नुन खोर्सानी टिफिनमा राखेर मलाई सधै "बिजयी हुनु" भनेर बिदा गर्थिन्। आज बिजयी भएर आइयो! उनलाई धेरै धेरै धन्यवाद! झिल्के: मलाई स्विट्जरल्यान्डमा "हाई" भन्ने खैरिनी केटीलाई धेरै धेरै धन्यवाद! कस्तो मज्जाले "हाई" भनेकी मोरीले! हे हे हे! संवाददाता: स्रोता महानुभावहरु आज हामीले यहाँहरुको सामुन्ने ल्याएका पाहुनाहरुले गर्नु भएको कामको सबैले सरहाना गरेको यहाँहरुलाई थाहा नै छ। त्यहि भएर आज चौतारीका हाम्रा अग्रज श्री जिम्माल बाले उहाँहरुलाई दोशल्ला ओढाएर सम्मान गर्नुहुनेछ। जिम्माल बा: चाइन्जो सार्है राउँरो काम अरेउ तिमेरुले! तो पर्शान्ते निकै राउँरो गाउँदो र'च। चाइन्जो त्यस्ले गाउने बित्तिकै हाउँरी ओछ्यानाँ थला परेकी जिम्माल्नी उठेर रोधीआँ नाचेओ अस्तो गरेर नाँच्छे! चाइन्जो उस्ले मेरो घराँ नि उज्यालो बनाओ। ल ल तो दोशल्ला यता ल्याओ म ओढाम्छु यिनेरुलाई! संवाददाता: हवस त स्रोता महानुभावहरु! यस्का साथै आजको कार्यक्रम यहि समाप्त हुन्छ धन्यवाद! (In Chautari spirit)
Read Full Discussion Thread for this article