Posted by: shirish September 23, 2007
अमेरिकामा पनि नेपाली कांग्रेस कलह किन ?
Login in to Rate this Post:     0       ?        
राजनीतिको रौनक अमेरकिामा काङ्ग्रेसी राजनीतिका प्रमुख खेलाडी डा सुरेन्द्र देवकोटा न्युयोर्कको रेन्सेलेर इन्स्िटच्युटमा पढाउँछन् । २०४१ सालमा नेपाल विद्यार्थी सङ्घबाट अमृत साइन्स क्याम्पसको स्ववियु सभापति जितेका देवकोटाले वातावरणीय अर्थशास्त्रमा विद्यावारििध गरेका छन् । भन्छन्, "प्रवासमा रहेर पनि नेपाली राजनीतिमा योगदान गर्न नसकिने होइन ।" पछिल्लो समय अमेरकिामा भए पनि आफूलाई नेपाली राजनीतिबाट अलग देखाउन नचाहने प्रवृत्ति बढेको छ । यसमा नेपाली काङ्ग्रेसप्रति आस्था राख्ने अग्रपङ्क्तिमा छन् । अमेरकिामा मात्रै काङ् ग्रेसनिकट एक दर्जनभन्दा बढी सङ्गठन अस्ितत्वमा छन् । तर, नेपाल जनसम्पर्क समिति, अमेरकिा- काङ्ग्रेसको सबैभन्दा ठूलो एवम् आधिकारकि संस्था हो । ०५७ सालको चितवन अधिवेशनबाट नेविसङ् घको महामन्त्री निर्वाचित भएका प्यूठानका यादव पण्डित केन्ट स्टेट युनिभर्सिटीमा परमाणु भौतिकशास्त्रमा विद्यावारििध गर्दैछन् । उनको गन्तव्य पनि नेपाली राजनीति नै हो । भन्छन्, "राजनीति गर्नलाई योग्यता बढाउने हिसाबमा मात्र म अमेरकिा आएको हुँ ।" अमेरकिाको नेपाली युथ डेमोक्रेटिक काउन्सिलका अध्यक्ष प्रमोद सिटौला, ३३, आसन्न संविधानसभा निर्वाचनका लागि नेपाल र्फकंदैछन् । युनिभर्सिटी अफ म्यासेचुसेट्सका प्राध्यापक डा शेखर रेग्मीको अनुभवमा प्रजातन्त्रप्रतिको आस्था, पार्टी राजनीतिमा सक्रिय हुने चाहना अनि पहिचानको चिन्ताले यस्ता गतिविधि भएका हुन् । न्युयोर्कमा रेस्टुराँ व्यवसाय सञ्चालन गररिहेकी नेपाल टेलिभिजन की पूर्वसमाचारवाचिका मृदुला कोइराला आफूलाई अब्बल दर्जाको काङ्ग्रेस ठान्छिन् । उनी अमेरकिामै बसेर ०४६ सालको जनआन्दोलनका साथै राजा ज्ञानेन्द्रको शासनविरुद्ध सक्रिय थिइन् । कानुन व्यवसायी खगेन्द्र जिसी पनि राजनीतिक गतिविधिमा सक्रिय छन् । काङ्ग्रेस सांसद महेन्द्र जिसीका भाइ खगेन्द्र केहीअघि नेपाल जनसम्पर्क समिति, अमेरकिाको संयोजक थिए । भन्छन्, "पेसा जे भए पनि काङ्ग्रेस राजनीतिमा मेरो लगाव छ ।" तर, उनको प्रयासले पनि अमेरकिाका काङ्ग्रेसीहरूबीच जारी विवादलाई मत्थर पार्न सकेन । पछिल्लो विवाद सन् २००५ मा काङ्ग्रेस पार्टीले जनसम्पर्क समितिको संयोजकको जिम्मेवारी आनन्द विष्टलाई दिएको थियो । तर, त्यसको दुई महिनामै काङ्ग्रेस समर्थकहरूले नेपाली जनसम्पर्क समिति, उत्तर अमेरकिाको नाममा समानान्तर सङ्गठन खोले । दुवै समिति भङ्ग गरेर पार्टीले खगेन्द्र जिसीको अध्यक्षतामा पाँच सदस्यीय अधिवेशन तयारी समिति गठन गर्‍यो तर त्यसले अधिवेशन गराउन सकेन । तयारी समितिबाट डा सुरेन्द्र देवकोटा र कृष्ण लामिछानेले राजीनामा दिए । विवाद यथावत् नै रहेका बेला भदौ १७ गते कनेक्टिकट राज्यको हार्डफोर्डमा जनसम्पर्क समिति, अमेरकिाको प्रथम अधिवेशनले डा देवकोटालाई अध्यक्ष निर्वाचित गरेको घोषणा गरयिो । तर, तत्कालै आनन्द विष्ट समूहले अधिवेशनको वैधानिकतामा प्रश्न उठाएको छ । आठ सय ५० जना सदस्य रहेको समितिको अधिवेशनमा मुस्िकलले दुई सय जना मात्र उपस्िथत रहेको असन्तुष्ट पक्षको भनाइ छ । त्यसबखत काठमाडौँमा रहेका विष्टले विज्ञप्तिमार्फत अधिवेशन अवैधानिक भएको दाबी गर्दै आफूहरू पुरानै समितिबाट क्रियाशील भएको र पार्टी नेतृत्वको निर्देशनमा चाँडै अधिवेशन गरनिे जनाएका छन् । तर, डा देवकोटा आफू अध्यक्ष निर्वाचित भएको समितिलाई पार्टीले मान्यता दिएको दाबी गर्छन् । दिनेशजङ्ग शाह/बोस्टन -अमेरकिा) http://www.kantipuronline.com/Nepal/daspora.php
Read Full Discussion Thread for this article