Posted by: Amazing September 21, 2007
Footbal- Can Nepal enter SemiFinal?
Login in to Rate this Post:     0       ?        
महेन्द्र पुलिस आज भिड्ने पवन आचार्य लाहोर -पाकिस्तान), असोज ३ - नेपाली राष्ट्रिय लिग च्याम्पियन महेन्द्र पुलिस क्लबले शुक्रबार एएफसी प्रेसिडेन्ट कपमा पहिलो खेल खेल्दैछ । पञ्जाब स्टेडियममा हुने उद्घाटन खेलमा पुलिसले चाइनिज ताइपेईको टाटुङको सामना गर्नेछ । पुलिस टिमको मुख्य समस्या खेलाडी चोटग्रस्त रहनु हो । पुलिसका आसलाग्दा खेलाडी चेतन घिमिरे र सुमन सुवेदी शुक्रबारको खेलमा बेन्चमा रहने छन् । कप्तान रमेश बुढाथोकी चाइनिज ताइपेईविरुद्धको खेलमा आशावादी देखिन्छन् । टिमका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले नेपालमा वषर्ाका कारण लामो समय अभ्यास गर्न नपाएको बताए । 'वषर्ाका कारण हामीले लामो समय अभ्यास गरेनांै तर यहाँ चाँडै आएर वातावरणमा घुलमिल भयौं । यहाँको मैदानमा भएको प्रशिक्षणबाट सन्तुष्ट छु,' उनले भने । मौसम परिवर्तनका कारण टिमले स्वतन्त्र रूपमा अभ्यास गर्न नपाएको उनको भनाइ थियो । श्रेष्ठले आफ्नो टिम सन्तुलित भएको बताए । 'हाम्रा अधिकांश खेलाडी घाइते छन्,' उनले भने । स्ट्राइकर जुमनु राई, राकेश श्रेष्ठ, पर्वत पाण्डे र अनन्त थापामात्र फिट रहेको बताए । 'खेलाडीको चोट मुख्य समस्या हो, चेतन र सुमनको अभाव धेरै खड्कने छ,' उनले भने- 'मलाई चेतन दोस्रो खेलमा उत्रने विश्वास छ तर सुमनले प्रतियोगितामा खेल्न सक्दैनन् ।' प्रशिक्षक श्रेष्ठले टिमले स्वाभाविक प्रदर्शन गर्ने बताए । 'चाइनिज ताइपेई कमजोर टिम होइन तर पनि दुवै टिमको सम्भावना आधा-आधा छ,' उनले भने । from KANTIPUR
Read Full Discussion Thread for this article