Posted by: Birkhe_Maila September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
बिर्खै माईला नित्य कर्म गर्न जाँदा लडेको समाचार झुठा भएको जानकारी: उपरोक्त सम्बन्धमा, आज चिप्लेढुङ्गा प्रेस बाट श्री चिप्लेन्द्रबिक्रम द्वारा प्रकाशित समाचारमा हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ! उक्त समाचार अनुसार हामि नित्य कर्म गर्न कान्ला मुनि गएको र सोहि अवस्थामा कान्लाबाट लडेर घाइते भएको काइते समाचार प्रकाशित भएकोमा सम्पुर्ण चौतारीबासिहरुलाई हामि यो जानकारी गराऊन चाहन्छौँ कि, उक्त समाचार अत्यन्तै भ्रामक, कपोलकल्पीत, अतिरन्जीत, र पूर्वाग्रही छ! आज सम्म हामि नित्य कर्म गर्न कहिले पनि कान्ला मा गएका छैनौँ र जीवनपरन्त जाने पनि छैनौँ, किनभने हामिलाई नित्य कर्म गर्न सम्म ठाउँ, एउटा सानो खाल्डो, एक लोटा पानी र कानमा चढाउन एउटा जनै चाहिन्छ र बिश्वको कुनै पनि कान्लामा उक्त सुबिधा छैन! धन्यवाद्!
Read Full Discussion Thread for this article