Posted by: Rahuldai September 20, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
लौ फेरि हाज्र्, हाफ ट्याम् पछि।
तारेमाम्।
हाफ् ट्याम पछि भने सि पुरानो दिन याद आयो। स्कूलको। ८ मा निर्बाचित मनिटर अनि ९ देखि निर्बिरोध मनिटर भएकोले हर एक को खबर राख्नु पर्थ्यो। एक दुइ जना थिए जहिले नि हाफ्ट्याम पछि टाप हुने। ९ पढ्दा इन्द्र राज भन्ने एक जना जहिले नि हाफट्याम पछि हुदैनथ्यो। त्यसलाई क्लास टिचरले बोलाएर साफ संग झपारे। मलाई थाहा थिएन त्यो घट्ना। त्यो घट्ना तब थाहा भयो जब धरहरा निर पुगे पछि २ जना गुण्डाले बाटो छेकेर मेरो दांत झारे।
चुपचाप रक्ताम्य भएर घर फर्कें। तर कतै उजुरी गरिन। त्यो बज्जियालाई घर पुगेपछि पछुतो भए छ- राहुलेले स्कूलमा कम्प्लेन गर्छ र मलाई स्कूलबाट निकाल्दिन्छ, भनेर। बिचरालाई पो बढि टेन्सन भएको रैछ। भोलि पल्ट स्कूलमा मैले कुनै प्रतिक्रिया देखाइन र क्लास टिचरले बोलाउन पनि बोलाएन। पर्सि पल्ट अर्को एक जान साथी का साथ घर खोज्दै आए, एका बिहानै। माफी मागे र कहिलेइ स्कूलबाट न भाग्ने कसम खाए। त्यस पछि त्यो कहिलेइ भागेन पनि।
Last edited: 20-Sep-07 01:44 PM
Read Full Discussion Thread for this article