Posted by: somewhereondearth September 18, 2007
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
फेरि पुल्चोक को याद आयो, सम्झनाको पुरानो सौगात ल्यायो।।।। आज, farewell ra india tour को फोटो हेरेर आएको थिए । साझामा धागो लम्बिएको रहेछ । ग्राउन्डमा सुतेको याद आयो, वाटोमा मुतेको याद आयो, हारेको फुटबल याद आयो, सारेको assissment याद आयो २१० B , नमिलाएको ओच्छयान, सारेका report, गन्हाएका मोजा, नधोएका जिन्स, बाल्टिको भात, नजानेको basketball, नतिरेका रिन,छाप्रोको सेल, चाउचाउको तेल।।।।। देखेका सपना,नदेखेका सपना, गरेका झगडा, नगरेका lab, आर्कीका केटी, आफ्नो class का केटी , हासेर टारेका भाइवा, नटरेका फाईनल,नलिएका class, लिएका class, अर्काको block library, गरेका बात, गाएका गीत, बाडेका गन्थन्न, खेलेका तास, हिलोको फुटबल, चुनाउको पैसो, होस्टल को रेलिन्ग, नपोखेको माया,, क्याफेको चिया, फुलेका अषारे फूलहरु, जुनेलि रातहरु, कति कति.... सबै सबै याद आयो।।।।।। भो आजै धेरै नफुकाउ फरि सगाल्न गाह्रो हुन्छ ।।।।।। आज पुरानि राहो से कोई मुझे आवाज न दे।।।।। 057/BEL/329!!!!
Read Full Discussion Thread for this article