Posted by: KaLaNkIsThAn September 17, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
मास्के र अर्याल? एकछिन् त कुरै नबुझ्या। अर्याल त टनाटन् छन् क्यारे कलङ्कीस्थानमा -- एउटा बिराटनगर को परिवार थियो -- अर्यालनै हो क्यारे -- ठ्याम्मै चाहीं भन्न सक्दिन् -- खुब रमाईला थिए -- दोस्ती थियो बुढाहरु संग -- कलङ्की जनपथ निम्नमाध्यमिक बिध्यालय पारी को स्यानो बाटो बाट भीत्र जाँदा उनीहरूको घर थियो -- धेरै भयो, बिर्सिए -- एकचोटी बिराटनगर जाँदा त्यही परिवारको एकजाना लाई भेटेको थिए, साईकल चढेर जोगमनी मा अक्षय कुमार को के जाती फिल्लम हेर्न जाँदा -- रमाईलो भा थ्यो । मास्के चाहीं कलङ्की चोक नपुग्दै जमाना मा नवज्योती युवा क्लब थियो -- राम चा को खुद्रा पशल नजिक -- त्यही क्लबको पछाडी पट्टी बस्थे -- छोरा चाँही साथी हो -- कता छ, त्यो थाहा भएन ।। उसैको कुरा गर्या हो कि क्या हो? फेरी कलङ्कीका धेरै मान्छेलाई नाम र थर ले भन्दा मुखै देखे चिनिन्छ -- सबैलाई कि त दाई भन्ने चलन, नत्र काका, मामा, भिनाजु आदी । मनश्री -- खै बाबै, गरमी त म खप्न सक्तिन -- उकुशमुकुुश हुन्छ -- गरमीमा बिराटनगर जाँदा दिनभरी त घर मै हुन्थे -- पंखाको मुन्तिर -- साँझ नभई बाहिर निस्कने हिम्मत नि हुन्न थ्यो -- फेरी मजा नि त साँझ पख नै हुन्थ्यो नि -- बिराटनगरका तरूणी दर्शन गर्न -- खुब राम्रा राम्रा तरुणीहरु -- ससुराली उतै बनाउने कत्रो धोको थियो -- कुरा अलिक मिलेन -- नत्ऱऽऽऽ -- उफ् त्यो मेनरोड मा सब्जीमण्डि थियो नि, त्यहि एकदुई जाना लाई "हम आपके हैं कौन?" भन्न मन नलाग्या कहाँ हो र?
Read Full Discussion Thread for this article