Posted by: rohitgrg September 17, 2007
"नेपालको स्वतन्त्रता खतरामा"
Login in to Rate this Post:     0       ?        
यो नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता खतरामा छ भन्ने हाउगुजी फैलाउनेहरु देखी मलाई भाउन्न भएर आउँछ। यो कुरा ठीक हो कि नेपाली शासकहरुको कमजोरीका कारण भारतले नेपालबाट अवांछित आर्थिक र राजनीतिक लाभ लिइरहेको छ। नेपाली नेताहरुको त्वं शरणम प्रवृत्तिका कारण भारतले नेपालको सत्ता संचालनमा हस्तक्षेप गरिरहेको छ। यो हस्तक्षेप आफ्नो ठाउँमा छ, जुन नेताहरुको काम गराइमा परिवर्तन हुने हो भने रोक्न खास गाह्रो हुँदैन। तर भारतले नेपाललाई सिक्किम बनाउला, क्वाप्पै खाला भन्ने हाउगुजी चाहिं दुईवटा जमातले फैलाइरहेका छन्। पहिलो माओवादी सरकारबाट भाग्लान अनि गिरिजा सरकारमा खैलाबैला होला, अस्थिरता फैलेला, सेनाले टाउको उठाउला भन्ने सत्तामोही जमात। दोश्रो सँधैभरी पंचायत नभाकोभए देश सिक्किम हुन्थ्यो अब राजतन्त्र गयो भने भारतले हाम्रो देशलाई निल्छ भनेर डंका पिटाउने मण्डले जमात। यो 21st century हो। मानिसहरले स्वतन्त्रा र राष्ट्रिय पहिचानलाई सर्वोपरी ठान्ने जमाना। जतिबेला युगोस्लाभिया, सोभियतस‍घ, इन्डोनेसिया टुक्रिएका छन् र बोस्नीया, कजाखस्तान र इस्टटीमोर जस्ता नयाँ राष्ट्रको उदय भएको छ। जतिबेला श्रीलंकामा टामिलहरुले स्वतन्त्राको युद्ध छेंडिरहेका छन्, भारतमै उल्फा र नागाहरुले स्वतन्त्रताका लागि बिद्रोह गरिरहेका छन्। भारत भर्खर गरिबीबाट उभ्रिन खोजेर आर्थिक समृद्धिको बाटोमा लागिरहेको छ।अन्तर्राष्ट्रिय लोकतान्त्रिक शक्तिको पहिचान बनाउन लागिरहेछ। यस्तो बेलामा हजारौं बर्षको स्वतन्त्र इतिहास बोकेको, अन्तर्राष्ट्रिय मंचमा अलग सदस्यता र पहिचान भएको, ‍करोडौं स्वतन्त्रताप्रेमी जनता भएको, भारतलाई पटक्कै मन नपराउने, घृणा गर्ने जनसंख्या भएको देशलाई निल्दा उसको के गति होला भन्ने भारतलाई थाहा छैन? भारतले नेपालमा उसका सेना पठाओस, नेपालको भूभाग कब्जा गरोस त दिल्ली र मुम्बईमा हप्तैपिच्छे बम पड्किनेछ। लखनौ र पटनामा घरेलु मिसाइलहरु खस्नेछन। नेपालमा हमास र हेजबुल्लाहको जन्म हुनेछ। भारतभरी गृहयुद्ध चर्किनेछ , महाभारतको रणभूमी बन्नेछ भारत। नेपाली पढेलेखेका मूर्खहरुलाई आफ्नो शक्तिप्रति किन आत्मविश्वास नभएको? भारतले नेपाललाई निलोस त मैले पड्काउनेछु दिल्लीको संसदमा आत्मघाती बम।र मेरो साथमा रहनेछन करोड नेपालीहरु। मेरो स्वतन्त्रालाई भारतले अपहरण ग-यो भने मैले भारतीयको स्वतन्त्रालाई किन बाँकी छोड्ने? ए भातमारा कायरहरु नेपाललाई भारतले निल्यो भने भारतको बिखण्डनको शुरुवात हुनेछ। सानो देश जोगाउन सजिलो हुन्छ। ठूलो देश चोइटिन समय लाग्दैन। एक शताब्दी अघिको बेलायतलाई हेर। अब त Scotland ले समेत ब्रिटेनबाट अलग हुने तर्खर गर्दैछ। ब्रिटेनका अन्तिम अधिकारहरु Scottish Parliament मा Transfer भैसकेका छन्। अब स्वतन्त्रताका लागि जनमतसंग्रह मात्र हुन बाँकी छ। यो स्वतन्त्राको अर्थ स्वतन्त्रता चाहनेहरुका लागि गहकिलो हुन्छ। मण्डले रागको पछि लाग्ने होइन भारत परस्त नीति त्याग्ने समय हो यो। गिरिजा, कांग्रेस, एमाले र माउवादी एकजुट हुने हो भने न त भारतले केहि गर्नसक्छ न त मण्डलेहरुले कुनै लछारपाटो लगाउन सक्छन्।
Read Full Discussion Thread for this article