Posted by: vivasg September 14, 2007
एक कबिता - बिबशजीको
Login in to Rate this Post:     0       ?        
आफ्नै आमाको छातीमा ब्वाङ्-ब्वाङ लात बजारदै छौ हामी आखिर कुन समयको पापको उत्तरको लागि हो ? सुन्दर झुपडिमा झन्-झन आगो झोस्दै छौ हामी फेरी को सँग बास मागी जिउनको लागि हो ? भर्खरै फुटेको पानीको मूल पनि सुकाउदै छौ हामी कुन स्रोतबाट आएको पानी पिउनको लागि हो ? सम्पदा का सारा मन्दिरहरु धमाधम भात्काउदै छौ हामी कुन लोकको तेत्तिस कोटी भगवानलाई पुज्नको लागि हो ? कस्टले बना'को गाउ-गाउको पूलहरु एक्-एक भात्काउदै छौ हामी नबुझिने देसभाक्तिको कुन कथालाई मजाले बुझ्नको लागि हो ? शाहीदको योगदानले आएको "लोकतन्त्र" पनि बेच्दै छौ अब हामी तानशाहले झम्-झम बर्षाएको गोलिमा निथ्रुक्क रुझ्नको लागि हो ? आमाको आत्मा सुखले हास्ने कुनै प्रथा बसाउन सक्दैनौ हामी ? तेही नेपाली आमाको छोरा भनी गर्ब गरेको के का लागि हो ? गोर्खालिको सपुत भनी जताततै चिनिएको के का लागि हो ???
Read Full Discussion Thread for this article