Posted by: Birkhe_Maila September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
लु उता अलि अलि गर्दा गर्दा एउटा गजल बनो! यहाँ टाँस्दैछु- मेरो आँखामा अब पानी रहेन तिमी बिना जिन्दगानी रहेन अपनाएँ, हराएँ, फजुलमा लुटाएँ कठै! मेरो मायाको खानी रहेन तोड्थेँ शायद बाँधिएका नेलहरु त्यति साहस गर्ने जवानी रहेन उठ्छौ कि कतै झस्केर रातमा मेरो छाति तिम्रो सिरानी रहेन बन्द पर्दा भित्र गुम्सिँदैछु 'बिर्खे' रंगमन्चमा मेरो कहानी रहेन
Read Full Discussion Thread for this article