Posted by: PallaGhareAntare September 13, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
मिस दि, सान्नानी, ठुली, दुर्गे दि, मुन्नी, तितौरी, नेप्चि दि, शुभ दि र अरु नि बेला बखत झुलुक्क झुल्किनि सप्पै चेलीलाई तीजको धेरै धेरै शुभकामना यो अन्तरेको नि। फिरि चित्त दुखाउलान सप्पैले दर खान दे अनि चेली भनेर के के दे कसैले घडि, कसैले झुम्का, कसैले बुलाकी, बुट्टे फरिया, अन्तरे बज्जियाले दुई वचन शुभकामना सम्म नि देन भनेर। झन आफ्नि एउडि भा बुईनी नि बे गरेर गा यो बर्ख मैले चेलीबेटी नसम्झनि कुरै भ'न। बरु ककल्ले के के पकाम्दै हो? मलाई नि तो अट्टे चामलको भात, मस्यामको दाल, माथिआट झ्वाईँय घ्यु, ट्वाक्क लोकल कुखुराको मासु, फर्सिको मुन्टा, टिम्मुरको छोप् र ठेकिको ताजा दहि खान मुन ला'थ्यो। अनि आहा तीजका कत्ति राम्रा राम्रा फुटु हालिचन् सान्नानीले, सम्चार नि कत्ति हँसाम्नि हुन्। अब ईनैलाई दिन पर्ला जस्तो छ दुईचार बाजि यो चौतारो खन्न, चित्रेलाई अलि हलुंगो नि हुन्थो, बिचरो बेला बेलाँ कसैले बनानन् खै आफू सुन्त्नि बेला भैसको भन्दै गुनासो गर्दै हुन्थो। अनि सान्नानी इल्जिनेर नि हुन पाउनि, हाम्ले नि राम्रा राम्रा फुटु हेर्न पाउनि। त्याँटि माथि बात मार्दै गरेका सप्पैलाई नमस्कार छ है। साहू बुढाले दुई हप्ता दल्नु दलेर अब ३ दिन छुट्टि रे, आज नि ब्यानै देखिन् एक छिन् सास फेर्न दिया हैनन् बल्ल छुट्टि दे र म सिधै हानिया चौतारी तिर।
Read Full Discussion Thread for this article