Posted by: copycat September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सर्वप्रथम, मेरो हाटा । यो हीरक अंशमा सबैले केहि न केहि त राखे, मैले भने केहि लेख्न सकिन । यसो सोचेको, एकताका एउटी साथिलाइ मैले लेखेको इ-पत्र सुरक्षित रहेछ । anonymity ko lagi उनले यो यहाँ नदेखुन् भन्ने भन्ने प्रार्थनाका साथ प्रस्तुत छ। यो मन । केहि लेखुँ जस्तो केहि भनुँ जस्तो अनि लेख्न बस्यो यो लेखुँ कि त्यो लेखुँ केहि कुरा असान्दर्भिक लाग्ने केहि कुरा अति गहन केहि पनि नलेखुँ त रिसानिको डर द्विविधामा झुण्डिएको यो बेला नानाथरि कुराहरु विखण्डित धारमा निस्किन्छन् । प्रश्न संक्षिप्त छ के सञ्चो विसञ्चो मात्र हो हाम्रो सरोकार? ज्यानै नरहे के को सञ्चो के को विसञ्चो । तिमी छौ र नै त सोध्ने मौका आइरहेछ। दिर्घायुको कामना । ए साथि, मौनतामा भाषा हुन्छ ? म त देखिरहेछु मौनता केहि भनि रहेछ आशा छ गला देखि मुनि सिमित भएको मन सन्तुष्टिको डकार गर्दै होस् न कि तुसले अन्मनिएको । पुलकित मन खुसुक्क कहिले काहिँ यतातिर पोखिए त ...... रेलगाडि जस्तो रे खै कस्ले भनेको एक तिमि छौ र एक म र बाँकि अरु । देखादेख कहिले चिनजान अहिले गजब छ बा ! अझै अचम्म त मलाइ अर्कै कुरामा लाग्छ के भनेर सोध्छ्यौ? एउटाले जाँड खायो, नानाभाँति फलाक्यो पिडित पक्ष चैँ तिमी । माने बा तिम्रो सहनसिलता । र नै त सम्झिरहन्छु बेलाबखत फगत बेकारका भए पनि दुइ चार शब्द कोरेर । कुनै कविले लेख्या थिए रे, नारि सहनशिलताको प्रतिक हो भनेर जान्ने भए मै पनि अर्को कविता रच्दिने थिएँ। विद्ध्या धनम् सर्व धनम् प्रधानम् परिक्षाको लागि हार्दिक शुभकामना । सुनेको मैले प्रसंसा तिम्रो सबैको मुखबाट तिख्खर दिमाग, चोर्छ्यौ रे फुल कागको गुडबाट यसै नै ज्ञानि, त्यसैमा मिहिनेत गर्छ्‌यौ रे बेसरि कामना मेरो आकाश सोझै नचुम्ल्यौ कसरि । भएन बा यसरि त, मै पनि कविता रच्दिने ? त्यो चार लाइन मैले लेखेको हैन है, ।।। रे क्या !!!!!!!!!!! भो भयो, अति भयो, घण्टौँ भयो, यति जाबो पत्र लेख्न लागेको मैले भन्न चाहेको ? केहि बिषेश? निमेष सरह भन्दिउँ? भो । यसरि सारांसमा भन्दा मजा हुँदैन नत्र यति लामो पत्र किन लेख्नु पर्यो? भो , मुख फोरिदिन्छु एकै सासमा एकै शब्दमा निर्धक्क भएर लौ जा :- "सञ्चै?" मात्र यत्ति नै । भुलचुक लिनेदिने । उहि साथी, copycat
Read Full Discussion Thread for this article