Posted by: Birkhe_Maila September 12, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
यो धागो नफुकाएको नि धेरै भैसकेछ! एउटा सुखानुभुती, केवल सुखानुभुती! शब्द पनि केहि छैनन्, सार पनि केहि छैन , बस् एउटा सुखानुभूती!!:) यो झरी- बिहान सखारै देखि, अनायासै बिउँझिएर, अहिले सम्म मेरो जीवनमा लागेका काला पर्दाहरु, अचानक पारदर्शी हुन पुगेको भान गराउँदै; बिहान सखारै देखि एकोहोरो, अनवरत्, अविरल बर्षिरहेछ यो झरी! पात पातमा मन्द प्रहार गर्दै, बात बातमा आफूले छाएको बहार हेर्दै, यो झरी- माटोमा साना साना जीवन्त खोलाहरु बनाउँदै, फैलाइरहेछ आफ्नो साम्राज्य; मैले बुनेका सपना जस्तै! जता ततै सर्वत्र रसिलो जिवन थप्दै, यो झरी- मेरा मनका पाप पखाल्दै, दिलका तिता छाप पखाल्दै, मेरो सर्वाङ्गमा, मेरो ब्रमहान्डमा, जीवन लहर छोड्दै बिहान सखारै देखि बर्षिरहेछ यो झरी!!
Read Full Discussion Thread for this article