Posted by: rhishi September 12, 2007
MERO KAVITA -RHISHI
Login in to Rate this Post:     0       ?        
गौतम जी पछि कुरो गरौंला बैरागका बारेमा ॥ बिर्खेज्यु, दिपज्यु , सुन्तले ज्यु र अन्य सबै महानुभावहरुलाई धन्यबाद । यो धागोलाई तन्काइदिनु भा'कोमा ! बिर्खेज्यु ! मेरा गद्य कविताहरु प्राय हरवंश राय बच्चनको मधुशाला बाट influence हुने गर्छन्‌ । तेसैले आजभोली तेत्ती गद्य लेख्न मन लाउदैन । आजलाई नया कविता छ, हालसालै काठमाण्डौमा भा श्रृंखलाबद्ध बमविष्फोट पछि तेस घट्नामा परि अनाहकमा ज्यान गुमाउने स्कुले बैनीहरुमा समर्पित : श्रद्धा-सुमन कस्तो क्रूर अहो ! रहेछ नियती स्वप्ना सबै रल्लिए स्याना यी मनमा भए जति सवै इच्छाहरू वैलिए । सुके पुष्प सबै बसन्त ऋतु मै रोगी हुँदा मौसम कालो मात्र कठै देखिन्छ जग यो खोक्रो बिरानोपन ॥ ॥१॥ पल्क्यो काल यहाँ भिरीकन हरे ! नाना बहानाहरु गोलीको बमको सिकार जगमा निर्धा र सानाहरु । कालो बादल मृत्युको सब दिसा ढाकेर फैल्यो यहाँ निल्यो शान्ति सबै ! अरिष्‍ट समयै; आतंक नाच्यो यहाँ ॥ ॥२॥ प्रहन्ताहरु घुम्दछन्‌ जगतमा सातो सबैको हरी रोपी मृत्यु अनाहकै रगतको चौतर्फ वर्षा गरी । अट्टाहास बिभत्स ! मौन जगको बढाउँछ ढुक्‍ढुकी गर्छन्‌ राज यहाँ नपुङ्सक हरे काँम्छन्‌ त्यसै थर्थरी ॥ ॥३॥ सामन्ती जगका कहारहरु यी पाखण्डमा रम्दछन्‌ सत्ता निम्‍ति हरे ! जुनै किसिमको प्रपञ्च यी रच्दछन्‌ ॥ ब्यर्थै न्याय नखोज हे स्वजन हो ! सुन्ने यहाँ को छ र ? निर्धाको मनका व्यथाहरु कठै बुझ्ने यहाँ को छ र ? ॥४॥ जान्छौं पुष्पकमा चढी म अनिसा ! सन्ध्या ! नहेरी त्यता आसा न्याय-निसाफको अब तेता ! ब्यर्थै छ यो मान्यता ! बिधाता यदि रैछ कोहि जगको ! सोध्छौं उनै सम्मुख हाम्रो दोष थियो र के ? फगतमा आसा चुँडायौ सब ॥ ॥५॥ यस्तै हो त्यस लोकमा बुझ तिमी मिल्दैन शान्ति सुख मान्छे भो पशु तुल्य ! आह ! ममता रोयो कठै सुक्सुक । भाग्यो लौ करुणा ! कता तिर गयो सद्भावको मन्त्रण ? सच्चा डोर सबै मतान्धहरुले लुछे, चुँडे बन्धन ॥ ॥६॥ बाबा ! हे जननी ! कयौं रहर ती तिम्रा लिई साथमा छाड्यौं यो धरती बिना कसुर नै मान्छे हुँदा राक्षस । मिल्दो रैछ पुनर्जन्म नै यदि भने तिम्रै भै सन्तती गर्नैछौं सपना साकार सब ती तिम्रा ! नयाँ जन्म ली ॥ ॥७॥ हाम्रो याद भए जति सब तिमी बिर्सेर फालीकन साथी हो ! मनमा भए जति सबै तीता मिठा सम्झना । आ-आफ्नो रथमा सवार जगको फाली कुरीती सब हिंसा-हीन समाजको जगतमा निर्माण निम्ति जुट ॥ ॥८॥ अस्तु, धन्यवाद ॥
Read Full Discussion Thread for this article