Posted by: Deep September 11, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
सिलोङ्गेलाई पछारेन गोर्खेले भने त लास्टै र्‍याग् हुन्छ हो। पैसा कति ओईराई सके भोटाँ --मच्चियो मच्चियो थच्चियो त बोरै हुन्छ नी। यसो छिमेकीको कुरो सुन्यो धेरै चैं गोर्खे मुन्ट्याउने कुरो गर्छन। गोली खाने बेलाँ चैं गोर्खे ईमान भन्दै अघि लाउने अनि बोली लाउने बेलाँ चैं फेरी गोर्खे बेईमान भन्दै पछी ठेल्छन बा। दुईटै सोमहरु उत्तर पुर्बै तिरका परे -- भोट काटिने भो -- कोई कोई देशी फेरी प्रसान्तले आफुलाई नेपाली भन्यो रे भन्दैमा दुस्मन जस्तो गर्ने रे छन -- बङ्गे ले आफु बङ्गाली भने पनि भारतिय हुने नेपालीले नेपाली भने भारतिय नहुने किन? तेस्तो सोच्ने देशीहरुको सोचमा लागेको दरीद्रता देखेर दिक्क लाग्छ। प्रसान्तले नेपाली भनेर नेपालको नागरीक त भनेको हैन नी आफुलाई -- सामाजिक-सांस्कृतीक पृस्ठभुमीमा उ कहाँ छ त्यो भनेको हो। जे होस -- प्रसान्तको लागि चुनौती कडा छ असम्भव छैन। हामीले प्रसान्तको समर्थन गर्दा भारतियहरुलाई अन्धाधुन्ध सराप्ने काम बाट भने टाढा हुनु पर्छ। दार्जीलिङ्ग, सिक्किम र नेपालका सिमित भोटरुले मात्रै उसले जित्न सक्दैन। उस्का समर्थकहरुमा देसीहरु पनि प्रसस्त छन जस्तो की बङगाल पुलिस। हाम्रो प्रयास प्रसान्तका समर्थकहरु बढाउने हो भडकाउने हैन। "भारतकी सान गोर्ख्या ज्यान" कि कसो?
Read Full Discussion Thread for this article