Posted by: भउते September 10, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
पर्बते-जी, भैगो के मा बिजी छु भनेर नभनम भो यहाँ। यही दु:ख बिर्सन भनेर चौतारीमा धाइन्छ, फेरि यहाँ आएर पनि त्यै कुरा गर्यो भने मज्जा नहोला। अनि यो टुक्रा दाsssssमी छ। माथि माथि धेरै पढ्नै छ। साह्रै मजाको गैराख्याछ जस्तो छ।
अझै याद बाकि नै छ
कोमल हातले छोएको दिन
तिमीले बिर्सेर जाँदा
भक्कानो परेर रोएको दिन
मलाई यस्ता सरल तर अथाह भावुक टुक्राले साह्रै छुन्छन्। प्रशंशा गर्न पर्छ भनेर गरेको हैन, पर्बते-जी, आत्म देखि बोलेको।
साथै मेरो टुक्राको प्रशंसाको लागि धन्यबाद है।
शुभ-दी, दर्शन गरेँ। त्यो शेर प्रश्फुटनमा साझाकै सालीको देन छ।
अब त कल्पनाको भरमा लेख्न सकिन छोड्यो। अनुभवलाई शब्दमा उतार्न अर्कै मज्जा हुने रे'छ के। अब चेली बन्न तयार हो भने गुरु दक्षिना तयार पार्नुस है। म अलिक महङ्गो मान्छे छु।
![](/sajha/chat/smileys/m-smile.gif)
![](/sajha/chat/smileys/m-wink.gif)