Posted by: Birkhe_Maila September 10, 2007
Login in to Rate this Post:
0
?
अभिव्यक्ति, बैशाख २०६३ अंक १२८ बाट दुई गजलहरु-
आशा यसरी पनि लेखिँदो रहेछ!
रासा-
यहि यौटा घर पनि छोडौँ जस्तो लाग्छ
तिम्रैतिर आफ्नो पाइला मोडुँ जस्तो लाग्छ
बसाएर नयाँ बस्ती उतै बस्न जाऔँ
पुराना ती नाता जम्मै तोडुँ जस्तो लाग्छ
कति रोप्नु फूलमात्र आफैँलाई भुली
गमलामा मायै माया गोडुँ जस्तो लाग्छ
बटुलेर खुसियाली कति नाच्नु अब
वेदनाको घडा आज फोडुँ जस्तो लाग्छ
रुखासुखा खाइएला दुई ज्यान त हो
थारै सहि जायजेथा जोडुँजस्तो लाग्छ
रिक्तता यसरि पनि बहँदो रहेछ!
शरु काली-
जति दूर नजर, लुकेर के भो
मन नै त नाजुक दुखेर के भो
कुनै दिन रानी बनेर त्यो दिलमा
बस्या थिएँ आज झुकेर के भो
लुट्न सम्म सारा सर्वश्व नै लुटे
भुस्याहाले व्यर्थ भुकेर के भो
कति बजे आँसु, रित्तिसके आँखा
बेअर्थको पानी सुकेर के भो
आफ्नै छायाँ सामु नाङ्गिएको मान्छे
आज दुनियाँले थुकेर के भो