Posted by: Amazing September 9, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
मध्यपुरका युवाहरू प्रशान्तको पक्षमा मध्यपुर, थिमी, (नेस)। गीत गायन प्रतिभाको खोजीमूलक चर्चित भारतीय स्पर्धा इन्डियन आइडलका नेपालीमूलका प्रतिभाशाली स्पर्धी युवा प्रशान्त तामाङको पक्षमा जनर्समर्थन जुटाउन मध्यपुर थिमीका युवाहरू कम्मर कसेर लागेका छन्। स्थानीय गठ्ठाघर चोकमा प्रशान्त हाइ-हाइ अंकित ब्यानर टाँगेर र्समर्थन बटुल्न गठ्ठाघरस्थित मध्यपुर ब्याइज बैन्डको टोली लागिपरेको हो। मध्यपुर ब्याइज बैन्डका अध्यक्ष सुनील वज्राचार्यका अनुसार प्रशान्त इन्डियल आइडल बनून् भनेर मध्यपुरका बासिन्दालाई प्रार्थना गर्न प्रेरित गर्ने कार्य भइरहेको छ भने साथमा शुभकामनास्वरूप हस्ताक्षर संकलन भइरहेको छ। यसैबीच FINAL राउन्डमा भिडिरहेका प्रशान्तले शुक्रबार रातिको स्पर्धामा आफ्नो स्वर माधुर्यताका साथ प्रस्तुत गर्दै दर्शकको मात्र होइन, सो प्रतियोगिताका सम्पूर्ण निर्णायक संगीतकर्मीको तारिफ पाए। निर्णायकहरूले प्रशान्तलाई इन्डियन आइडलको उम्दा गायकको रूपमा तारिफ गर्दै उनले इन्डियन आइडलको झन्डा फहराउने चर्चा गरेका थिए। http://newsofnepal.com/kps/fullnews.php?serialno=15932&sec=41&ssc=53
Read Full Discussion Thread for this article