Posted by: Nepal ko chora September 9, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
जम्मै (नया पुराना अनि नेपथ्य मा चौतारी पढेर बस्ने) गाम्लेहरु लाइ आइतबारे जदौ। हिजै हो जस्तो लाग्छ, चौतारी मा लेख्न थालेको (चौतारी ११ हुदा छिरेको हो क्यारे) ।। हेर्दा हेर्दै ७५ भाग पुगिसकेछ। चित्रे लाई ७५ औं चौतारी चिनेको मा धेरै धेरै धन्यवाद ।। रिट्ठे को टुक्रो सानो भए पनि मिठो थ्यो। गोतामे दाइ को कथाहरु पढेर एक चोटी हाम्रो पनि कुनै दिन यस्तै कथा लेख्ने दिन आउला भन्ने (२ ओटा कथा पढेर २ चोटी) सोचियो। जीवनको रमाइलोलाइ कलात्मक ढंगले चित्रण गर्नु भएको छ। नमे को "सेन्टी" अनि "फन्नि" दुबै कबिता राम्रो छ। लेख्दै गर्नु, बेला बेला मा। मिस दिदी को कथा ले चाइ अलि भाबुक हुन बाध्य पार्यो। जिम्माल बा को गन्थन नि रमाइलो लाग्यो। फेरि एक चोटी आफ्नो नि तेसरी गन्थन गर्ने दिन पनि आ उला भन्ने लाग्यो। ठुल्दाइ को आत्मकथा को पहिलो भाग दामि लाग्यो। कथा चाइ हिन्दी सिरिअल रोकिए जस्तो गरि "सस्पेन्स" मा रोकियो। बाकी भाग छिटै पढ्न पाइन्छ भन्ने आस छ। नेपे दाइ को गजल सदा झै उत्तम छ। बरु यसो बेला बेला मा आउदै गर्नु भए हुन्थ्यो। अन्तरेको गजल पनि मिलाएर पढियो, राम्रो लाग्यो। अरु पनि पढ्न पाइएला के रे? धेरै लाइ धेरै को याद आए जस्तो छ। "याद आयो" गजल को त लहर नै चलेको रैछ। मिस दिदी, अन्तरे अनि गालब जम्मै को गजल मन पर्यो। सुन्तले को नया बर्सको सन्देश पनि राम्रो छ। अन्तमा, हाम्रो चौतारी को हिरक अंकको मा एउटो सानो टुक्रो म नि टास्नु परो। A "love" I’ve never felt vigor like this before; it's a love that I will always adore. A love with friendship, humor and heart; a bond so strong it would never part. A love that makes me smile from eye to ear; a love that is joyful without any fear. A love that is beautiful from the inside out; a love with no tears, panic, pain, or doubt. A love with soul so tender and true; a love that I have found only in you...
Read Full Discussion Thread for this article