Posted by: gaalab September 9, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सुस्केरा याद आयो, साकस याद आयो कसैले दिएको बाकस याद आयो कसरी भनुँ को-को कस-कस याद आयो मलाई यत्ति याद छ, बस याद आयो खास भनौं त अँझ यति याद आयो "तिम्रो लागि" भनी दिने केटी याद आयो मैले कुन्नि के भन्दा उसले दोहर्‍याई- दोहर्‍याई भनेको "लाऊ क्या!" याद आयो बगैंचामा बाकस खोल्ने भुल याद आयो जम्मा हुने केटाहरुको हुल याद आयो हुलबाट निस्केको सिठ्ठी याद आयो मनै कुलकुल्याउने त्यो चिठी याद आयो कहिं नदेखिने यस्तो "अप्रोच" याद आयो चिठीभरि लेखिएको प्रपोज याद आयो चिठी सबै साथीअघि पढ्ने रीत याद आयो हुलबाट निस्केको "खित् खित्" याद आयो कसो याद आयो खै किन याद आयो तर त्यो अप्रिलफुलको दिन याद आयो
Read Full Discussion Thread for this article