Posted by: PallaGhareAntare September 9, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
आईतबारे जदौ सप्पैलाई। नेपे दाजी धन्यबाद धेरै, केहि लेख्न लायक ठानिदिनु भो। चित्रेलाई नि धन्यबाद छ है। मिस दिदीलाई चैँ अहिलै दि हाल्दिन, अघिल्लो पालि चित्त दुखाउनु भो नि त किन पहिल्यै धन्यबाद द्या नपढिकनै भनेर। यो पालि चाँहि पढेर केहि लेख्नु भो भनि मात्रै दिम्ला। बरु हउरको गजल चांहि अति सुन्दर छ, म नि यस्तै छोटो मिठो लेखुं भन्छु, धेर उकुसमुस छ कि मनमा यत्ति बाह्र हाते लामा लामा भैदिन्छन। टुक्र्याउन पाए त एउटैबाट दुइ तिनोटा लेख्न सकिंदो हो हि। एउडा कुरो नि, सुन्तलेको भाषामा। बरु अहिले तुरुन्तै लेख्या पढम है त। मैले नि नेपे दाइकै "याद आयो" पैंचो लिँ, रिसाउनु हुन्न होला। तिम्रो शहर याद आयो मेरो रहर याद आयो लगिनौ तर जान मन लाग्या तिम्रो घर याद आयो पिउन त के मात्रै पिइएन र जिन्दगीमा, तर तिमीले अम्रित हो भनि पिलाउन खोजेको जहर याद आयो भुलिदिन्छु चट्टक्कै मनमनै सोचें कति पल्ट तर संधै मुटु चस्काउने सम्झनाका लहर याद आयो मर्यादा तोड्न हुन्न, नलाग्या हैन अनेकौँ पल्ट कायर रहेछौ भन्दै उक्साईरहने तिम्रो कर याद आयो तिम्रै त हुं भन्यौ म ‘नि भुलि रहें बर्सौं खेलिछौ हरे मसंग अन्तमा गरेको ठहर याद आयो
Read Full Discussion Thread for this article